Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

स्थानीयले बनाए अस्थायी मोटरेवल काठे पुल


१३ श्रावण, लमजुङ । यहाँका स्थानीयले एक महिना लगाएर अस्थायी मोटरेवल काठे पुल निर्माण गरेका छन् । बेँसीसहर नगरपालिका–१० भाचोक खोलामा स्थानीयले श्रमदान गरी काठेपुल निर्माण गरेका हुन् ।

पाँच सयभन्दा बढी युवाको श्रमदानबाट एक महिनामा उक्त पुल निर्माण सम्पन्न गरिएको स्थानीय दुधप्रसाद घलेले बताए । उनका अनुसार बेँसीसहर खासुर सडकखण्डअन्तर्गत भाचोक खोलामा निर्मित उक्त पुलमा आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका छन् ।

गत असार ३ मा आएको बाढीले यसअघि राखिएको काठेपुल बगाएपछि सवारीसाधन आवतजावत बन्द रहँदै आएको थियो । उक्त पुलबाट बोलेरो जीप, एम्बुलेन्स तथा मिनिबस आवातजावत गर्न सक्ने घलेको भनाइ थियो । बाढीले पुल बगाएपछि जोखिम मोलेर खोलाबाट हिँड्ने गरिएको भन्दै अहिले काठेपुल निर्माण भएर सञ्चालनमा आएसँगै आवागमन सहज भएको उनले बताए ।

पुल सञ्चालन भएसँगै खासुर, देउजन थोक, साँधु, पाङ्ग्रेक्यु, खाँचे र बेँसी भाचोकका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । सिमेन्ट तथा बालुवा नगरपालिकाले उपलब्ध गराएको भन्दै पुलका लागि चाहिने काठ वन कार्यालयसँग समन्वय गरी गाउँकै सामुदायिक वनले उपलब्ध गराएको वडाध्यक्ष गङ्गा थापाले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्लाका सुरक्षाकर्मी तथा स्थानीयले श्रमदान गरेका बताए । उनका अनुसार डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले एक्साभेटर उपलब्ध गराएको थियो ।

वडाध्यक्ष थापाले भाचोक खेला डुम्रे–बेँसीसहर–चामे सडकको वैकल्पिक मार्गसमेत रहेको बताउनुभयो । उहाँका अनुसार बेँसीसहर नगरपालिका वडा नं ६ खरखरे भिरमा पहिरो जाँदा बेँसीसहर, बाँझोखेत, लेतेफाट, भाचोकबेँसी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्को पावर हाउस हुँदै सुरुङ मार्गमा यो सडक जोडिन्छ ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?