Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

स्थानीयले बनाए अस्थायी मोटरेवल काठे पुल


१३ श्रावण, लमजुङ । यहाँका स्थानीयले एक महिना लगाएर अस्थायी मोटरेवल काठे पुल निर्माण गरेका छन् । बेँसीसहर नगरपालिका–१० भाचोक खोलामा स्थानीयले श्रमदान गरी काठेपुल निर्माण गरेका हुन् ।

पाँच सयभन्दा बढी युवाको श्रमदानबाट एक महिनामा उक्त पुल निर्माण सम्पन्न गरिएको स्थानीय दुधप्रसाद घलेले बताए । उनका अनुसार बेँसीसहर खासुर सडकखण्डअन्तर्गत भाचोक खोलामा निर्मित उक्त पुलमा आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका छन् ।

गत असार ३ मा आएको बाढीले यसअघि राखिएको काठेपुल बगाएपछि सवारीसाधन आवतजावत बन्द रहँदै आएको थियो । उक्त पुलबाट बोलेरो जीप, एम्बुलेन्स तथा मिनिबस आवातजावत गर्न सक्ने घलेको भनाइ थियो । बाढीले पुल बगाएपछि जोखिम मोलेर खोलाबाट हिँड्ने गरिएको भन्दै अहिले काठेपुल निर्माण भएर सञ्चालनमा आएसँगै आवागमन सहज भएको उनले बताए ।

पुल सञ्चालन भएसँगै खासुर, देउजन थोक, साँधु, पाङ्ग्रेक्यु, खाँचे र बेँसी भाचोकका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । सिमेन्ट तथा बालुवा नगरपालिकाले उपलब्ध गराएको भन्दै पुलका लागि चाहिने काठ वन कार्यालयसँग समन्वय गरी गाउँकै सामुदायिक वनले उपलब्ध गराएको वडाध्यक्ष गङ्गा थापाले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्लाका सुरक्षाकर्मी तथा स्थानीयले श्रमदान गरेका बताए । उनका अनुसार डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले एक्साभेटर उपलब्ध गराएको थियो ।

वडाध्यक्ष थापाले भाचोक खेला डुम्रे–बेँसीसहर–चामे सडकको वैकल्पिक मार्गसमेत रहेको बताउनुभयो । उहाँका अनुसार बेँसीसहर नगरपालिका वडा नं ६ खरखरे भिरमा पहिरो जाँदा बेँसीसहर, बाँझोखेत, लेतेफाट, भाचोकबेँसी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्को पावर हाउस हुँदै सुरुङ मार्गमा यो सडक जोडिन्छ ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?