Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

भन्सार छलेर ल्याइएको करोड मूल्य बढीको हुक्का बरामद


१३ श्रावण, झापा । झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट एक करोड एक लाख बराबरको हुक्काको फेबर, कोइला, कोललगायातका सामग्री बरामद गरिएको छ । प्रहरीले शुक्रबार साँझ उक्त सामग्री लोड गरिराखेको ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले मेची भन्सारमा राजश्व नतिरी निस्किएको विशेष सुराकीको आधारमा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको बताए ।

प्रहरी प्रवक्ता रिजालले प्रहरी देख्नासाथ गाडी चालक फरार भएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले विशेष सुराकीका आधारमा चेकजाँच गर्न लाग्दा चालक भागेपछि प्रहरीले उक्त कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।

संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित ट्राफिक पोस्ट नजिकैबाट शुक्रबार साँझ ७ः१५ बजे कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।

कन्टेनर फेला परेपनि सम्बन्धित व्याक्ति र कागजात कुनै फेला नपरेको प्रहरीले जनाएको छ । कन्टेनर कसरी बिना भन्सार बाहिर निकालियो यसबारे समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता रिजालले हाल उक्त कन्टेनर र सामानलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको बताए ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?