Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

समाचार


पर्वतमा ‘किङकोब्रा’ भेटियो

२८ भदौ, पर्वत। पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको छ । चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ । डभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको

प्यालेस्टिनी शरणार्थी शिविरमा भीषण लडाइँ, छ जनाको मृत्यु

२८ भदाै, एजेन्सी । लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शिविरमा बुधबार राति भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छभने एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल–हिल्वेह शरणार्थी शिविरमा फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडप अघिल्लो सातादेखि भइरहेकामा बुधबार त्यसले

लिबिया बाढी : २० हजारले ज्यान गुमाएको आशङ्का

२८ भदाै, एजेन्सी । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ । पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर

नेम्वाङकाे निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति

२८ भदौ, काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले संविधानसभाका अध्यक्ष एवं सो पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गरेको शोक वक्तव्यमा नेम्वाङ राष्ट्रिय राजनीतिमा सहमतिका एक सूत्रधार रहुनुभएको उल्लेख छ । संविधान

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

२८ भदौ, कास्की । माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका सम्पूर्ण काम सकिएर विद्युत् उत्पादन सुरु हुने जनाइएको छ ।

विमानस्थलबाट दुई किलो धुलो सुन बरामद

२८ भदाै, एजेन्सी । सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा रु एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् । मुम्बई भन्सार अधिकारीका अनुसार रु एक करोड पाँच लाख २७ हजार बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको

नेम्वाङको निधनले शोकमा गृहजिल्ला इलाम

२८ भदौ, इलाम । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट गृहजिल्ला इलाम शोकमा डुबेको छ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधिसभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित भएका थिए । इलामका मतदाताले नेम्वाङलाई संविधान निर्माण र इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तिका रुपमा स्मरण गरेका

ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु

२८ भदाै, ताप्लेजुङ। बृहत् पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ । ताप्लेजुङदेखि सुरु हुने पदयात्राको पदमार्ग दार्चुलासम्म फैलिएको छ । सो पदयात्रा गर्न विदेशी नागरिकले ताप्लेजुङदेखि सुरुआत गरेका छन् । प्राकृतिक सुन्दरताको अवलोकनसँगै उच्च हिमाली क्षेत्र हुँदै पदयात्राको अनुभव लिनका लागि पछिल्लो समयमा पर्यटकको रोजाइमा सो

जमुनाह नाकामा सीमापारी जाने उपभोक्ताको लर्को

२८ भदाै, बाँके । नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपेडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले एक सयभन्दा बढीको सामान ल्याउदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरेपनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपाली रुपेडिहा पुग्ने गरेका हुन्

संस्कृति संरक्षण गर्न मौलिक तीज गीत प्रतियोगिता

२८ भदौ, स्याङ्जा । पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि स्याङ्जाको भिरकोट नगरपालिकाले एक अभियानको थालनी गरेको छ । तीज गीतमा मौलिकता हराउँदै जान थालेपछि नगरपालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्रतियोगिता’ आयोजना गरेको छ । तीज गीतका नाममा छाडा

सम्वन्धित समाचारहरु