Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

विमानस्थलबाट दुई किलो धुलो सुन बरामद


२८ भदाै, एजेन्सी । सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा रु एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।

मुम्बई भन्सार अधिकारीका अनुसार रु एक करोड पाँच लाख २७ हजार बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बारमद भएको हो । बरामद सुनको धुलो २४ क्यारेटको हो । आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

यसअघि केरलाको कोचीन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?