Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

समाचार


फिल्मी शैलीमा एनएमबी बैंकबाट पैसा लुटपाट

१६ जेठ, महोत्तरी । महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट भएको छ। महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकबाट मास्क लगाएका व्यक्तिहरूले हतियार देखाउँदै पैसा लुटेर लगेका हुन् । प्रहरीले लुट्ने व्यक्तिहरूको खोजी गर्दै अनुसन्धान सुरू गरिरहेको छ। बैंक लुटपाट गर्न ४ जना हतियार सहित गएका थिए ।

खप्तडमा पहिलोपटक अध्यात्म सम्मेलन हुँदै

१६ जेठ, सुदूरपश्चिम । खप्तड क्षेत्रमा लाग्ने गङ्गा दशहरा मेला (जात्रा) आजदेखि सुरु भएको छ । ‘गङ्गा दशहरा मेलामा जाऔँ, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्य रुपमा मेला लागिरहेको छ । जेठ/असार महिनामा गङ्गा दशहरा र साउन/भदौमा यहाँको खापरदहमा ठूलो इन्द्रजात्रा मेला लाग्ने गर्छ

वैदेशिक रोजगारीमा जानेबाट सरकारले एक प्रतिशत सेवा शूल्क लिने

१६ जेठ, काठमाडाैँ । सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो । आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिँइदै आएको अधिकांश छुट कटौती गरेको छ । भ्याटका

नवलपुर प्रहरीले बेच्यो ४१ लाखका सवारीसाधन

१६ जेठ, नवलपुर । जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ । जाँचका क्रममा आवश्यक कागजपत्र अभावमा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन बिक्री गरी रु ४१ लाख ४३ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले कसुरजन्य सम्पत्ति नियन्त्रण र जफत गर्ने वा बिक्री

‘लम्पी स्किन’ का कारण एक हजारभन्दा बढी पशु मरे

१६ जेठ, झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ। कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा

बस दुर्घटनामा १० जनाको मृत्यु, ५५ जना घाइते

१६ जेठ, एजेन्सी । जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज  बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन् । सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो । घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका

इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना

१६ एजेन्सी । इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बीस जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको छ । दुर्घटना आइतबार साँझ भएको हो । सोमबार अपराह्न अन्तिम शव निकालिएसँगै खोज तथा

सर्पले डसेर दुई बालकको मृत्यु

१६ जेठ, सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो । ओछ्यानमा सुतिरहेका बालकलाई आज विहान ३ बजे सर्पले डसेको थियो

जिल्ला अदालत काठमाडाैँमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ हुँदै

१६ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ । आज (मङ्गलबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो । यही जेठ १० गते काठमाडौं जिल्ला अदालतमा दायर भएको ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दा न्यायाधीश न्यौपानेको

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१६ जेठ, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख

सम्वन्धित समाचारहरु