Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

बस दुर्घटनामा १० जनाको मृत्यु, ५५ जना घाइते


१६ जेठ, एजेन्सी । जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज  बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो । घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्दन कोहलीले बताएका छन् । त्यहाँ उद्धारका काम पनि पूरा भएको छ । सबै घाइतेलाई अस्पताल पुर्याइएको छ । उद्धारमा अर्धसैनिक टोली र राज्य विपद् प्रतिक्रिया विभागका कर्मचारीले प्रहरीलाई सघाएका थिए ।

बसले क्षमताभन्दा बढी यात्री बोकेको प्रहरीले बताएको छ । त्यससम्बन्धमा अनुसन्धान गरिने एसएसपी कोहलीले बताए । बसमा विहार राज्यबाट आएका यात्रीका साथै अमृतसरका मानिस पनि सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?