Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार पार्ने सहमति

२६ ,असोज ,काठमाडौँ । नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनःस्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीरण गरी ३० महिनामा विस्तृत

मानवअधिकार आयोगको काम कारबाही प्रभावकारी बनाउन निर्देशन

२६ ,असोज ,काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय मानवअधिकार आयोगको काम कारबाही प्रभावकारी बनाउन पर्याप्त साधन, स्रोतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको बैठकमा समिति सभापति विमला सुवेदीले संविधान र कानुनले राष्ट्रिय मानवअधिकार आयोगलाई दिएको जिम्मेवारी एवं आयोगको काम–कारबाहीलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको

काभा च्याम्पियनसीप भलिबल : नेपाल साउदी अरेबियासँग पराजित

२६ ,असोज ,काठमाडौँ । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ । कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा आज पाँच सेट चलेको खेलमा नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित भएको हो । खेलको पहिलो सेट २२–२५ ले गुमाएको नेपालले

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष नेपाल

२६ ,असोज ,लम्की (कैलाली) । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् । समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभामा अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताए

मुख्यमन्त्री पदका लागि माग दाबीसहित सबै सदस्य प्रदेश प्रमुख कार्यालयमा

२६ ,असोज ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेसका केदार कार्कीे ४७ सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा आज साँझ हस्ताक्षरसहित उपस्थित भएका छन् । उनिसँग नेपाली कांग्रेसको कोशी प्रदेशसभा सदस्य इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूसहित नेकपा एमालेतर्फका ३९ सदस्यको

कांग्रेसले जनतामा देखिएको निराशा चिर्नसक्नुपर्छ : महामन्त्री थापा

२६ ,असोज ,गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गदै उनले भने, “पार्टीका नेता तथा कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला होइन । यो देशको हितका विषयमा सोच्ने हो, चुनाव

विद्युत् विधेयक दफाबार छलफलका लागि समितिमा

२६ ,असोज ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘विद्युत् विधेयक, २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकको विशेष समयमा सांसदहरुले शान्तिसुरक्षा र सुशासन कायम गर्न माग गर्दै चाडपर्व नजिकिएसँगै बजारमा महँगी

कपन क्षेत्रमाखोला उत्खनन्को बाँकी काम प्राधिकरणले गर्ने

२६ ,असोज ,काठमाडौँ । गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाडौँ उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ । चावहिल, कपन क्षेत्रको रुद्रमती (धोबीखोला) बाट आरम्भचोक सम्मको खोला उत्खनन्को काम काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गरिएको थियो । आरम्भचोकसम्म खोलिएको खोलालाई त्यसमाथिको भागमा खोलेर

राष्ट्रपतिसमक्ष समावेशी आयोगको प्रतिवेदन प्रस्तुत

२६ ,असोज ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिनाले आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा आयोगको कार्यसम्पादनका मुख्य आधारमा संविधान, आयोगका काम, कर्तव्य र अधिकार, दिगो विकास लक्ष्य,

बृद्धा हत्याका तीन प्रतिवादी कारागार चलान

गोरखा । सत्तरी वर्षीया बृद्धाको हत्याका तीन अभियोगी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० वर्षीया बृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको आदेशमा बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । कारागार चलान हुनेमा

सम्वन्धित समाचारहरु