Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

कांग्रेसले जनतामा देखिएको निराशा चिर्नसक्नुपर्छ : महामन्त्री थापा


२६ ,असोज ,गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गदै उनले भने, “पार्टीका नेता तथा कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला होइन । यो देशको हितका विषयमा सोच्ने हो, चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठूलो कुरा होइन ।” उनले चुनाव एउटा सामान्य प्रक्रिया भएको बताए ।

उनले अहिले नागरिकमा ठूलो निराशा देखिएकाले त्यसलाई चिर्ने काम कांग्रेसबाट हुनुपर्ने बताए ।

उनले कांग्रेसलाई रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै अब आउने कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्नेसमेत बताए ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?