Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

विद्युत् विधेयक दफाबार छलफलका लागि समितिमा


२६ ,असोज ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘विद्युत् विधेयक, २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकको विशेष समयमा सांसदहरुले शान्तिसुरक्षा र सुशासन कायम गर्न माग गर्दै चाडपर्व नजिकिएसँगै बजारमा महँगी र कालोबजारी बढेकाले यसलाई नियमन गर्न माग गरे ।

उनिहरुले इजरायलमा अलपत्र रहेका थप नेपालीहरुलाई उद्धार, खोजी तथा स्वदेश फिर्ताका प्रक्रियामा निरन्तर चासो दिन पनि आग्रह गरे । विजयादशमी अगाडिको अन्तिम बैठक भएकाले सांसदहरुले नेपालीहरुमा शुभकामना सन्देश पनि व्यक्त गरेका थिए ।

उक्त समयमा सांसदहरु पदम गिरी, हितराज पाण्डे, सञ्जयकुमार गौतम, वासुदेव घिमिरे, अशोककुमार चौधरी, रोशन कर्की, प्रदीप यादव, राजेन्द्र पाण्डे, सर्वेन्द्रनाथ शुक्ला, प्रभु साह, उर्मिला माझी, मैना कार्की, तारा लामा तामाङ, अमृतलाल राजवंशी, सन्तोष चालिसे र लालवीर चौधरीले भाग लिएका थिए ।

बैठकले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थितिका सूचना दिने मनोरमा शेरचन, दयालबहादुर शाहीको सूचनालाई स्वीकृत गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले दसैँ, तिहार र छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।प्रतिनिधिसभाको अर्काे बैठक आगामी कात्तिक १२ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?