Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

काभा च्याम्पियनसीप भलिबल : नेपाल साउदी अरेबियासँग पराजित


२६ ,असोज ,काठमाडौँ । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ ।

कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा आज पाँच सेट चलेको खेलमा नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित भएको हो । खेलको पहिलो सेट २२–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । त्यस्तै खेलको तेस्रो सेट २३–२५ ले गुमाएको नेपाललले चौथो सेट २७–२५ ले जित्यो ।

त्यसपछिको निर्णायक पाँचौँ सेट नेपालले १६–१४ ले गुमाएपछि नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित हुन पुग्यो । प्रतियोतिामा यससँगै चार खेल खेलेको नेपालको यो दोस्रो हार हो । नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

त्यस्तै नेपालले यसअघि बङ्गालादेशलाई ३–१ र अफगानिस्तानलाई ३–२ को सेटमा पराजित भएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा भोलि उज्वेकिस्तान खेल्नेछ ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?