Trending
>>   संसदीय समितिद्वारा निर्माणाधिन त्रिवी क्रिकेट मैदानको स्थलगत अवलोकन >>   भूमिसम्बन्धी संशोधित कानून प्रदेश र स्थानीय तहलाई अपनत्वमा गाँस्न सक्नेगरी आउनुपर्यो : महामन्त्री शर्मा >>   विकास निर्माण क्षेत्रका आयोजना प्रमुखलाई कम्तीमा एक आर्थिक वर्ष सरुवा नगर्न संसदीय समितिको निर्देशन >>   सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखियोः महालेखापरीक्षक राया >>   स्थानीय तहलाई सल्लाहकार नियुक्त गर्ने र सुरक्षा निकाय भर्ना गर्ने व्यवस्था छैनः मुख्यसचिव अर्याल >>   ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गते देखि >>   लुटपाटको संलग्नमा व्यक्ति पक्राउ >>   १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी >>   ‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल >>   नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
Logo
१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार

समाचार


बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

१० चैत्र, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७,

पवित्र रमजान सुरु

१० चैत्र, काठमाडाैँ । इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन् । ‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल

दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त

१० चैत्र, महोत्तरी । महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा चौधरीले काठमाडौँमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेपछि गत पुस २२ गते महोत्तरी जिल्ला अदालतको आदेशमा डा चौधरी पुर्पक्षमा जलेश्वर कारागार गएका थिए ।

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा

१० चैत्र, काठमाडाैँ । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरेका छन् । नेकपा(एमाले)बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिने, आजै राजिनामा दिँदै २ मन्त्री

१० चैत्र, पोखरा। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरने भएको छ । माओवादीले गण्डकीमा एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिइएको छ । त्यस्तै, समर्थन पनि फिर्ता लिने भएको छ । गण्डकी प्रदेशमा खगराज

बाघको आक्रमणबाट महिलाको मृत्यु

१० चैत्र, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । “पारि एसएसबीको नंं ८ क्याम्पबाट

नेपालका सबै राजाहरू भ्रष्ट थिए, कुन राजा गतिला थिए ? : माधव नेपाल

१० चैत्र, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका सबै राजा खराब भएको टिप्पणी गरेका छन्। पार्टीनिकट भूपू सैनिकहरूको कार्यक्रममा बोल्दै उनले राजाका समर्थकहरूलाई नेपालमा कुन राजा गतिला थिए र ? भन्ने प्रश्न गरेका हुन् । ‘अहिले तपाईं देखिरहनुभएको छ ‘राजा आऊ, देश बचाऊ’ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित

नेपालको जनसंख्या सार्वजनिक, पुरूषभन्दा महिला करीब ७ लाख बढी

१० चैत्र, काठमाडाैँ । नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ । जुन २०६८ को तुलनामा एक दशमलव एक प्रतिशतले बढी हो ।

सीमाक्षेत्रमा बढ्यो कोरोना सङ्क्रमणदर

१० चैत्र, बैतडी। भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो

१० चैत्र, पोखरा। फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुङ्गालाई डुङ्गाधनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको सङ्गठनका

सम्वन्धित समाचारहरु