Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

गत हप्ता दुर्घटनाग्रस्त चिनियाँ डुङ्गाका १४ व्यक्ति मृत अवस्थामा फेला


१० जेठ, एजेन्सी । श्रीलङ्काको नौसेनाले गत हप्ता ३९ जना चालक दलका सदस्यसहित डुबेको चिनियाँ डुङ्गाभित्र १४ जनाको शव फेला पारेको जनाएको छ ।

मे १६ मा दुर्घटनाग्रस्त भएको उक्त डुङ्गामा कोही पनि जीवित नरहेको चिनियाँ सरकारको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको एक दिनपछि उनीहरूलाई मृत अवस्थामा डुङ्गामा भेटिएको हो ।

मोटरबाट चल्ने लु पेङ युआन यु–०२८ डुङ्गामा १७ जना चिनियाँ, १७ जना इन्डोनेसियाली र पाँच जना फिलिपिनी सवार थिए र पर्थबाट पाँच हजार किलोमिटर पश्चिममा दुर्घटनाग्रस्त भएको थियो ।

फिलिपिन्सको विदेश मन्त्रालयले उक्त डुङ्गा मे १८ मा श्रीलङ्काबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको तर खराब मौसमका कारण उद्धार कार्यमा बाधा पुगेको जनाएको थियो ।

श्रीलङ्काको नौसेनाले आफ्ना गोताखोरहरूले मङ्गलबार दुई जनाको शव पानीमा फेला पारेको र थप १२ जनालाई डुङ्गाभित्र भेटेको पुष्टि गरेका छन् ।

“सीमित सुरक्षात्मक कवचसाथ दूषित पानीभित्रबाट शब निकाल्दा उत्पन्न हुने सम्भावित स्वास्थ्य खतराका कारण ती शवहरू पुनः प्राप्त गर्नु अत्यन्त खतरनाक हुने निश्चित गरिएको छ,” नौसेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डुङ्गाभित्र रहेका १२ वटा शवको नक्साङ्कन गरी चिनियाँ अधिकारीलाई बुझाइएको बताइएको छ । त्यहाँ रहेका शवको राष्ट्रियता तत्काल थाहा हुन सकेको छैन ।
चिनियाँ यातायात मन्त्रालयले गरेको प्रारम्भिक अनुसन्धानमा डुङ्गामा सवार सबैको मृत्यु भएको निष्कर्ष निकालेको एक दिनपछि श्रीलङ्काको नौसेनाले यस्तो विज्ञप्ति जारी गरेको हो ।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय खोज तथा उद्धार कार्यमा सघाउन तीनवटा हवाई जहाज र चारवटा पानीजहाज पठाएको थियो ।

चिनियाँ यातायात मन्त्रालयका अनुसार उद्धारकर्मीहरूले खोजका लागी करिब ६४,००० वर्ग किलोमिटर (१८,७०० वर्ग नटिकल माइल) क्षेत्रमा यात्रा गरेका थिए ।
गत हप्ता फेबियन चक्रवातले सात मिटर (२३ फिट) सम्मको छाल र १२० किलोमिटर प्रतिघण्टा (७५ माइल प्रतिघण्टा) सम्मको हावा चलेपछि माछा मार्ने उक्त डुङ्गाले पहिलो पटक सङ्कटको सङ्केत पठाएको थियो ।

क्यानबेरास्थित ज्वाइन्ट रेस्क्यु कोअर्डिनेसन सेन्टर (जेआरसीसी) ले बाँच्नका लागि ‘चुनौतीपूर्ण’ अवस्थाको चेतावनी दिएपछि खराब मौसमका कारण उद्धार कार्य रोकिएको छ ।

उक्त पानीजहाज चीनको प्रमुख सरकारी माछा मार्ने कम्पनी पेन्ग्लई जिङलु फिशरी कम्पनीको स्वामित्वमा थियो ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?