Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

गत हप्ता दुर्घटनाग्रस्त चिनियाँ डुङ्गाका १४ व्यक्ति मृत अवस्थामा फेला


१० जेठ, एजेन्सी । श्रीलङ्काको नौसेनाले गत हप्ता ३९ जना चालक दलका सदस्यसहित डुबेको चिनियाँ डुङ्गाभित्र १४ जनाको शव फेला पारेको जनाएको छ ।

मे १६ मा दुर्घटनाग्रस्त भएको उक्त डुङ्गामा कोही पनि जीवित नरहेको चिनियाँ सरकारको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको एक दिनपछि उनीहरूलाई मृत अवस्थामा डुङ्गामा भेटिएको हो ।

मोटरबाट चल्ने लु पेङ युआन यु–०२८ डुङ्गामा १७ जना चिनियाँ, १७ जना इन्डोनेसियाली र पाँच जना फिलिपिनी सवार थिए र पर्थबाट पाँच हजार किलोमिटर पश्चिममा दुर्घटनाग्रस्त भएको थियो ।

फिलिपिन्सको विदेश मन्त्रालयले उक्त डुङ्गा मे १८ मा श्रीलङ्काबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको तर खराब मौसमका कारण उद्धार कार्यमा बाधा पुगेको जनाएको थियो ।

श्रीलङ्काको नौसेनाले आफ्ना गोताखोरहरूले मङ्गलबार दुई जनाको शव पानीमा फेला पारेको र थप १२ जनालाई डुङ्गाभित्र भेटेको पुष्टि गरेका छन् ।

“सीमित सुरक्षात्मक कवचसाथ दूषित पानीभित्रबाट शब निकाल्दा उत्पन्न हुने सम्भावित स्वास्थ्य खतराका कारण ती शवहरू पुनः प्राप्त गर्नु अत्यन्त खतरनाक हुने निश्चित गरिएको छ,” नौसेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डुङ्गाभित्र रहेका १२ वटा शवको नक्साङ्कन गरी चिनियाँ अधिकारीलाई बुझाइएको बताइएको छ । त्यहाँ रहेका शवको राष्ट्रियता तत्काल थाहा हुन सकेको छैन ।
चिनियाँ यातायात मन्त्रालयले गरेको प्रारम्भिक अनुसन्धानमा डुङ्गामा सवार सबैको मृत्यु भएको निष्कर्ष निकालेको एक दिनपछि श्रीलङ्काको नौसेनाले यस्तो विज्ञप्ति जारी गरेको हो ।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय खोज तथा उद्धार कार्यमा सघाउन तीनवटा हवाई जहाज र चारवटा पानीजहाज पठाएको थियो ।

चिनियाँ यातायात मन्त्रालयका अनुसार उद्धारकर्मीहरूले खोजका लागी करिब ६४,००० वर्ग किलोमिटर (१८,७०० वर्ग नटिकल माइल) क्षेत्रमा यात्रा गरेका थिए ।
गत हप्ता फेबियन चक्रवातले सात मिटर (२३ फिट) सम्मको छाल र १२० किलोमिटर प्रतिघण्टा (७५ माइल प्रतिघण्टा) सम्मको हावा चलेपछि माछा मार्ने उक्त डुङ्गाले पहिलो पटक सङ्कटको सङ्केत पठाएको थियो ।

क्यानबेरास्थित ज्वाइन्ट रेस्क्यु कोअर्डिनेसन सेन्टर (जेआरसीसी) ले बाँच्नका लागि ‘चुनौतीपूर्ण’ अवस्थाको चेतावनी दिएपछि खराब मौसमका कारण उद्धार कार्य रोकिएको छ ।

उक्त पानीजहाज चीनको प्रमुख सरकारी माछा मार्ने कम्पनी पेन्ग्लई जिङलु फिशरी कम्पनीको स्वामित्वमा थियो ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?