आज मिति २०७९ साल फागुन २६ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। मेष - नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । बृष - अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा
निर्वाचन आयोगले आज सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । \राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो । आयोगले आज भएको राष्ट्रपतिको निर्वाचन
तनहुँ, २५ फागुन (रासस) : मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उहाँको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीवासी खुसी भएका छन् । राष्ट्रपतिको निर्वाचनमा पौडेल निर्वाचित भएपछि रिस्तीवासीले आपसमा बधाई साटासाट गरेर खुसियाली मनाएका हुन् । “यस्तो खुसी मनाउने अवसर हामी रिस्तीवासीले अब कहिले पाइएला ?” रिस्तीका रामप्रसाद मिश्रले भन्नुभयो, “त्यसैले
२५ फागुन, काठमाडाैँ। नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको
२५ फागुन, काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनकी श्रीमती सविता पौडेल र चार छोरी
२५ फागुन, काठमाडाैँ। आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा ९१० बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी
२५ फागुन, काठमाडाैँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन् –'राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।' आज भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल
२५ फागुन, काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७
२५ फागुन, काठमाडाैँ । नेपालको राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पाैडेल निर्वाचित भएका छन् । बिहीबार भएको मतदानबाट पाैडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गरेका छन् । पाैडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका छन् । त्यस्तै, पाैडेलका प्रतिस्पर्धी नेम्वाङले ९६ संघीय
२५ फागुन, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर