Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

काभ्रेका ३ हजार ७ सय घरधुरी बाढीपहिरोको उच्च जोखिममा


२८ असार, काभ्रे । काभ्रेमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा ३ हजार ७५७ घर उच्च जोखिममा रहेको देखिएको छ। सबैभदा बढी मण्डनदेउपुर नगरपालिबासी प्राकृतिकजन्य विपद् जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्यांकले देखाएको हो।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका ३ हजार ७५७ घर उच्च जोखिममा रहेको जानकारी दिइयो।

सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी ७८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा १४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जनाइएको छ। काभ्रेमा १३ स्थानीय तह रहेका छन्।

प्रस्तुत तथ्यांकअनुसार धुलिखेल नगरपालिकामा तीन सय २०, बनेपामा दुई सय ५९, पनौतीमा दुई सय ६, पाँचखालमा एक सय ५८, नमोबुद्धमा दुई सय ५० घर प्राकृतिक प्रकोप बाढीपहिरोको उच्च जोखिममा रहेका हुन्। यस्तै खानीखोला गाउँपालिकाको दुई सय २२, रोशीका तीन सय ४५, तेमालका तीन सय आठ, चौंरीदेउरालीका दुई सात, भुम्लुका तीन सय ९ र महाभारत गाउँपालिकाको दुई सय २० घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको पाइएको छ।

मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा रहन जिल्लास्थित स्थानीय तहलाई निर्देशन दिइएको छ। समितिले बाढी, डुबान तथा कटान हुन सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणार्थ सहजीकरण गर्न आग्रह गरेको छ।

साथै, अत्यावश्यक आवयश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ–दाउरा सङ्कलन गर्नेजस्ता कार्यलाई निषेध गर्ने, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगता भई उच्च जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्ने गरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पोडेलले बताए।

उनका अनुसार स्थानीय तहमा सामुदायिक विपद् प्रतिकार्यका लागि थप जनशक्ति तयार पार्न तालिम प्रदान गरिनेछ। गत जेठमा जिल्लास्थित नेपाली सेनाको कालीजंग गणले चार दिने तालिममार्फत सामुदायिक विपद् प्रतिकार्यका लागि जिल्लाको १० स्थानीय तहमा ८० विपद् प्रतिकार्य जनशक्ति तयार पारेको छ।

तालिममा ‘विपद्को परिचय र विपद् व्यवस्थापन चक्र, विपद् प्रतिकार्यको लागि आवश्यक सामग्री, सीप तथा कला, बाढीपहिरो, डुबान, आगलागीजस्ता विपद्का घटनाको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत–साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधि र विपद्को समयमा आधुनिक उपकरणको प्रयोगका बारेमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताए।

काभ्रेका अधिकांश भू–भाग पहाडी क्षेत्र भएको र जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मानिन्छ। यसअघिका महिनामा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोजीकार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षा निकायले उद्धारको पूर्वाभ्यास गरेका थिए।

सशस्त्र प्रहरी बल नेपालको नं १५ गण हेडक्वार्टर काभ्रेपलाञ्चोक र १६ नं गण सिन्धुपाल्चोक गरी दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभे्रपलाञ्चोकस्थित सुनकोसी नदीमा गत जेठमा उद्धारको पूर्वाभ्यास गरेका थिए भने नेपाली सेनाको धुलिखेलस्थित कालीजंग गणले ‘मनसुन–३’ नामकरण गर्दै गत वैशाख अन्तिम साता सोही स्थानमा सोही प्रकृतिको अभ्यास गरेको थियो।

चालू आर्थिक वर्षको हालसम्म काभ्रेमा चार सय २४ जना विपद्मा परेको तथ्यांक छ। यसमध्ये पहिरो, आगलागी, चट्याङ, हावाहुरी, करेन्ट तथा दुर्घटनाबाट ५९ जनाको मृत्यु भएको थियो। तीन सय ७७ जना घाइते भएका थिए भने सुरक्षाकर्मीले ३३ जनाको उद्धार गरेका थिए।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?