१७ श्रावण, काठमाडाैँ । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९÷८० मा कुल ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् ।
१७ श्रावण, काठमाडाैँ । सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ । समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ । समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली
१७ श्रावण, चितवन । निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । सांसद्मा निर्वाचित भएको सयाैँ दिनको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन –२ का मतदाताहरूसँग भेटघाट गर्दै सांसद लामिछानेले आफूमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको पनि
१७ श्रावण, काठमाडाैँ । जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि यहाँ सुरु भएको छ । डा सिके राउतले नेतृत्व गरेको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवलेजानकारी दिए । उनका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेन्डा
१७ श्रावण, काठमाडाैँ । परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने बताए । मन्त्री साउदले समावेशी सिद्धान्तलाई राजदूत नियुक्त
१७ श्रावण, काठमाडाैँ । नसर्ने रोगका साथै मानसिक समस्याप्रति पूर्ण सवधानी अपनाउँदै जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउन जिल्लाबाट दिइने थप सेवाका विषयमा १२ बुँदे प्रतिबद्धा गरिएको छ । काठमाडौँस्थित स्वास्थ्य निर्देशनालय इपिडिमियोलोजी महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा राष्ट्रिय मानसिक स्वास्थ्य सेवा सुदृढीकरणअन्तर्गत नसर्ने रोग रोकथाम तथा नियन्त्रणका
१७ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशबाट नेपाल फर्कन चाहनेहरुको लागि रोजगारीको व्यवस्था गरेको बताएका छन् । उनले समाजिक सञ्जालमा लेख्दै तत्कालका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेको जानकारी दिएका छन् । उनले आफूले वाचा गरेअनुसार नै फ्री–टिकेटमा नेपाल फर्कन चाहनेका लागि आफूले जागिरको व्यवस्था गरेको
१७ श्रावण, दाङ । दाङमा १३ हजार दुई सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार घरेलु उद्योगमा १७ दशमलव ९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८ दशमलव ७, सेवा क्षेत्रमा ९दशमलव ६ र अन्य क्षेत्रमा ११ दशमलव ८ प्रतिशत सक्रिय छन् । तथ्याङ्कले उत्पादनभन्दा पनि
१७ श्रावण, काठमाडाैँ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन
१७ श्रावण, रूकुम । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएका थिए । उनि बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए ।