Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

दाङमा उत्पादनभन्दा व्यापारमा सक्रिय हुनेको सङ्ख्या धेरै


१७ श्रावण, दाङ । दाङमा १३ हजार दुई सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार घरेलु उद्योगमा १७ दशमलव ९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८ दशमलव ७, सेवा क्षेत्रमा ९दशमलव ६ र अन्य क्षेत्रमा ११ दशमलव ८ प्रतिशत सक्रिय छन् ।

तथ्याङ्कले उत्पादनभन्दा पनि व्यापारमा सक्रिय हुने सङ्ख्या बढी रहेको देखाएको छ । यसबाट जिल्लामा उत्पादनको अवस्था कमजोर देखाएको छ । उद्योग तथा उत्पादन क्षेत्र कम हुँदा जिल्ला आत्मनिर्भर हुन सकेको छैन । सहरी क्षेत्रका पालिकाहरुमा बढी र ग्रामीण क्षेत्रका पालिकामा कम परिवारले व्यवसाय गर्ने गरेको जनगणनाको तथ्याङ्कले देखाएको छ ।

जिल्लाको पहाडी क्षेत्रमा रहेको बङ्गलाचुली गाउँपालिकामा दुई सय १० परिवार व्यवसायमा रहेका छन् । जसमध्ये घरेलु उद्योगमा २१.९, व्यापारमा ५०.५, यातायातमा २.९, सेवा क्षेत्रमा २१ र अन्य क्षेत्रमा ३.८ प्रतिशत रहेका छन् ।

जिल्ला सदरमुकाममा रहेको घोराही उपमहानगरपालिकामा तीन हजार सात सय ८१ जना परिवार व्यवसायमा सक्रिय रहेका छन् । जसमा घरेलुतर्फ १४.८, व्यापारमा ५४, यातायात क्षेत्रमा ७।५, सेवा क्षेत्रमा ९.५ र अन्य क्षेत्रमा १४.२ प्रतिशत रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका तीन हजार सात सय ४८ परिवारले व्यवसाय गरिरहेका छन् । जसमा घरेलुतर्फ १४.९, व्यापारमा ५५.१, यातायात क्षेत्रमा ८.७, सेवा क्षेत्रमा १०.४ र अन्य क्षेत्रमा ११ प्रतिशत रहेका छन् ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा ६ सय ६० परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलु उद्योग क्षेत्रमा १४.८, व्यापारमा ४२.४, यातायातमा १.२, सेवामा ६.४, अन्य क्षेत्रमा २.२ प्रतिशत रहेका छन् । बबई गाउँपालिकामा चार सय ८१ परिवारले व्यवसाय गर्ने गरेका छन् भने दङ्गीशरण गाउँपालिकामा पाँच सय ३९ परिवारले व्यवासाय गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

यस्तै, लमही नगरपालिकामा एक हजार एक सय १४ परिवार व्यवसायमा आबद्ध रहेको पनि तथ्याङ्कले देखाएको छ । जसमा घरेलुतर्फ १८.७, व्यापारमा ५६.७, यातायातमा ९.४, सेवा क्षेत्रमा ९.२ र अन्य क्षेत्रमा ६ प्रतिशत छन् । व्यवसयामा आबद्ध हुनेतर्फ राप्ती गाउँपालिकाका एक हजार तीन सय १८ परिवार रहेका छन् । जसमा घरेलु उद्योगमा २४.५, व्यापारमा ४८.३, यातायातमा ७.७, सेवामा ८.२, अन्य क्षेत्रमा ११.४ प्रतिशत रहेका छन् । गढवा गाउँपालिकामा व्यवसाय गर्नेको सङ्ख्या एक हजार चार परिवार छन् ।

त्यसमध्ये घरेलुमा २८.४, व्यापारमा ४७.२, यातायातमा १०.९, सेवा क्षेत्रमा ५.८ र अन्य क्षेत्रमा ७.८ प्रतिशत रहेका छन् । राजपुर गाउँपालिकामा चार सय ३९ परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलुतर्फ १२.८, व्यापारमा ४९.२, यातायातमा ८.४, सेवामा १५ र अन्य क्षेत्रमा १४.६ प्रतिशत रहेको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?