११ भदाै, एजेन्सी । चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् । अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेसन सेन्टर (एसएसी) का निर्देशक निलेश एम देसाईले चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा
११ भदाै, गोरखा । गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । “यसअघि मोतियाबिन्दुको शल्यक्रिया गर्दा रु चार हजार खर्च हुन्थ्यो भने अब निःशुल्क शल्यक्रियाको सुविधा उपलब्ध गराइएको
११ भदौ, रसुवा । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ । बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सातजनाको
११ भदाै, एजेन्सी। । युक्रेन द्वन्द्वबारे अमेरिकी कूटनीतिज्ञलाई सूचना दिएको आरोपमा मस्कोले भ्लादिभोस्तोकस्थित अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी रहेकारूसी नागरिकलाई पक्राउ गरेको छ । सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले एक विज्ञप्ति जारी गर्दै रोबर्ट रोबर्टोभिच शोनोभलाई मस्कोस्थित अमेरिकी दूतावासका लागि सूचनादाता भएको आरोप लगाएको छ । मस्को र वासिङ्टनबीचको तनावपूर्ण सम्बन्ध, विशेषगरी
११ भदाै, कैलाली । पत्थरीको अपरेशनका क्रममा कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा बिरामीको मृत्यु भएको छ । पत्थरीको अपरेशन गर्दा मिर्गाैला निकालिएपछि कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उनी शनिबार दिउँसो सो अस्पतालमा भर्ना भएका थिए । उनको दुवै मिर्गौलामा ११ र ९
११ भदौ, काठमाडाैँ । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन् । नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताइन् । पार्टीको लुम्बिनी प्रदेशको
११ भदाै, काठमाडाैँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । सोमबार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् । प्रधानन्यायाधीश श्रेष्ठले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने जानकारी दिए । उनले अदालतमा
११ भदौ, काठमाडाैँ । स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास
११ भदाै, एजेन्सी । इरान समर्थित हुथी विद्रोहीले आइतबार ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि आइतबार ‘आश्चर्यजनकरूपमा आक्रमण’ गरेको सैनिक स्रोतले जनाएको छ । दक्षिणी प्रान्त लाहज र अल–बेदाबीचको सीमा क्षेत्रमा हुथी विद्रोहीले
११ भदाै, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा सहमति भएको छ । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका