Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

हुथी विद्रोहीको आक्रमणमा परी यमनी १० सैनिकको मृत्यु


११ भदाै, एजेन्सी । इरान समर्थित हुथी विद्रोहीले आइतबार ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ ।

यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि आइतबार ‘आश्चर्यजनकरूपमा आक्रमण’ गरेको सैनिक स्रोतले जनाएको छ ।

दक्षिणी प्रान्त लाहज र अल–बेदाबीचको सीमा क्षेत्रमा हुथी विद्रोहीले गरेको ‘अनपेक्षित आक्रमणमा’ अन्य १२ जना घाइते भएको स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएको छ ।

करिब २० लाख जनसङ्ख्या रहेको दक्षिणपश्चिमी सहरजाने मुख्य मार्ग बन्द गर्ने उद्देश्यले उक्त आक्रमण गरिएको सरकारी अधिकारीले बताएका छन् ।

इरान समर्थित हुथी विद्रोहीले सन् २०१५ देखि ताएज प्रवेश गर्ने मुख्य सडकहरू अवरुद्ध गर्दै आएका छन् ।

यमनका युद्धरत पक्षहरूले अप्रिलदेखि युद्धविरामको पालना गर्दै आएका छन्, जसले शत्रुतामा भारी कमी ल्याएको छ, यद्यपि सानो स्तरको लडाइँ जारी छ ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ताएज आक्रमण युद्ध अन्त्य गर्न र शान्ति हासिल गर्नका लागि गरिएका सबै पहल र प्रयासका लागि स्पष्ट चुनौती हो ।”

यो “मानवीय युद्धविरामलाई विस्तार गर्ने प्रयासलाई कमजोर पार्ने प्रयास थियो,” विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?