Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

पत्थरीको अपरेशन गर्दा मिर्गाैला निकालिएका बिरामीको मृत्यु


११ भदाै, कैलाली । पत्थरीको अपरेशनका क्रममा कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा बिरामीको मृत्यु भएको छ ।

पत्थरीको अपरेशन गर्दा मिर्गाैला निकालिएपछि कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उनी शनिबार दिउँसो सो अस्पतालमा भर्ना  भएका थिए ।

उनको दुवै मिर्गौलामा ११ र ९ एमएमका दुई पत्थरी देखिएको थियो । उनको शनिबार नै पीसीएनएल बाट बायाँ मिर्गौलामा रहेको पत्थरी झिकिएकोे थियो । सोही दिनको साँझ निरन्तर रगत बगेपछि उनी बेहोस भएका थिए ।

तर, मृतकका आफन्तले भने मिर्गाैला झिकेपछि चिकित्सकको लापरबाहीका कारण चाैधरीको मृत्यु भएको आरोप लगाएका छन् ।

यद्यपी, चिकित्सकहरूले भने रक्तश्राव नरोकिएपछि मिर्गाैला निकालिएको तर लापरबाही नगरिएको बताएका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?