Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पत्थरीको अपरेशन गर्दा मिर्गाैला निकालिएका बिरामीको मृत्यु


११ भदाै, कैलाली । पत्थरीको अपरेशनका क्रममा कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा बिरामीको मृत्यु भएको छ ।

पत्थरीको अपरेशन गर्दा मिर्गाैला निकालिएपछि कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उनी शनिबार दिउँसो सो अस्पतालमा भर्ना  भएका थिए ।

उनको दुवै मिर्गौलामा ११ र ९ एमएमका दुई पत्थरी देखिएको थियो । उनको शनिबार नै पीसीएनएल बाट बायाँ मिर्गौलामा रहेको पत्थरी झिकिएकोे थियो । सोही दिनको साँझ निरन्तर रगत बगेपछि उनी बेहोस भएका थिए ।

तर, मृतकका आफन्तले भने मिर्गाैला झिकेपछि चिकित्सकको लापरबाहीका कारण चाैधरीको मृत्यु भएको आरोप लगाएका छन् ।

यद्यपी, चिकित्सकहरूले भने रक्तश्राव नरोकिएपछि मिर्गाैला निकालिएको तर लापरबाही नगरिएको बताएका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?