Trending
>>   कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह >>   माधव नेपाल भेनेजुयला प्रस्थान, कार्यवाहकको जिम्मेवारीमा पाण्डे >>   नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री >>   हिमाल आरोहणको क्रममा हराएका दुई पर्यटकमध्ये एक सम्पर्कमा आए >>   कार्तिक शुक्ल प्रतिपदा : गरियो गोवर्धन पूजा >>   सरकारले राम्रो काम गरिरहेको छ: देउवा >>   देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री >>   भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षा >>   कस्तो रहला आज देशभरको मौसम ? >>   आज मिति २०८१ साल कार्तिक १७ गते शनिबार, हेर्नुहोस आजको राशिफल
Logo
१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

चन्द्रयान–३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभर : निर्देशक देसाई


११ भदाै, एजेन्सी । चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् ।

अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेसन सेन्टर (एसएसी) का निर्देशक निलेश एम देसाईले चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको र छ पाङ्ग्रे रोभरमार्फत अज्ञात दक्षिणी ध्रुवको अधिकतम दूरी तय गर्न काम गरिरहेको बताए ।

वैज्ञानिकका अनुसार चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ पछि मात्र ‘वास्तविक काम’ सुरु हुन्छ । गत अगष्ट २३ मा चन्द्रयान–३ को ल्यान्डर मोड्युल चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेपछि भारतले ठूलो फड्को मारेको थियो । अमेरिका, चीन र रुसपछि चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने यो चौथो देश बनेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को एक प्रमुख केन्द्र स्पेस एप्लिकेसन सेन्टरका निर्देशक देसाईका अनुसार चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ, प्रज्ञान रोभरको गति र ‘पेलोड’ को माध्यमबाट विज्ञानको डाटा प्राप्त गर्ने, छ पाङ्ग्रे रोभर र ल्यान्डर विक्रमसँग जोडिएको छ । ट्रान्समिटेड डाटाको अंश पेलोडको उद्देश्य सन्देश प्राप्त गर्नु हो ।

“हाम्रा दुई मुख्य उद्देश्य सफलतापूर्वक पूरा भएका छन्, तर हाम्रो तेस्रो उद्देश्य जारी छ,” उनले भने ।

प्रज्ञान रोभर समयको दौडमा रहेको उल्लेख गर्दै उनले भने, “हाम्रो ध्यान चन्द्रमाको दक्षिणी ध्रुवको धेरै भन्दा धेरै दूरीको क्षेत्रलाई समेट्ने हो । यसबाट प्रज्ञान रोभरले थप प्रयोगहरू गर्न सक्छ र हामी पृथ्वीमा विवरण (डेटा) प्राप्त गर्न सक्दछौं ।”

“हामीसँग यो मिसनका लागि जम्मा १४ दिन मात्र बाँकी छ, जुन चन्द्रमामा एक दिन बराबर हो, त्यसैले चार दिन पूरा भएको छ । बाँकी दस दिनमा हामीले गर्न सक्ने थप प्रयोग र अनुसन्धान महत्वपूर्ण हुनेछ । हामी समयको दौडमा छौं किनभने यी १० दिनमा हामीले अधिकतम काम गर्नुपर्ने छ र इसरोका सबै वैज्ञानिकहरू यसमा काम गरिरहेका छन्,” देसाईले भने ।

वैज्ञानिकहरूले भोग्नुपरेको कठिनाइमा जोड दिँदै उनले भने, “रोभरले चन्द्रमाको सतहमा दैनिक ३० मिटरको दूरी तय गरेकोमा १२ मिटर मात्र दूरी पार गरेको छ । यहाँ केही सेवा उपलब्ध नहुँदा रोभरको आवागमनमा पनि समस्या भइरहेको छ ।”


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?