Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गोरखा नगरपालिकामा मोतियाबिन्दुको निःशुल्क उपचार


११ भदाै, गोरखा । गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । “यसअघि मोतियाबिन्दुको शल्यक्रिया गर्दा रु चार हजार खर्च हुन्थ्यो भने अब निःशुल्क शल्यक्रियाको सुविधा उपलब्ध गराइएको छ”, उनले भने ।

नगरवासीले शल्यक्रिया गर्दा लाग्ने सबै खर्चसँगै चश्मा र औषधि पनि निःशुल्क उपलब्ध गराइनेछ । नगरवासीलाई स्वास्थ्य सेवा कार्ड पनि उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ । तर तत्कालका लागि भने स्थायी बसोबासको प्रमाण खुल्ने कागजपत्रका आधारमा उक्त सुविधा लिन पाइने नगरपालिकाले जनाएको छ ।

“स्वास्थ्य कार्ड उपलब्ध नहुँदासम्म नगरवासी भएको परिचय खुल्ने सरकारी कागजपत्र नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, जन्मदर्ता, सवारी चालक अनुमतिपत्र, बसाइँसराइ पत्र वा विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि निःशुल्क सेवा लिन पाउनेछन्”, नगरप्रमुख रानामगरले भने ।

मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने नगरवासीका लागि निःशुल्क शल्यक्रिया सहितको उपचारका लागि नगरपालिकाले सेवा केन्द्रलाई चालु आर्थिक वर्षमा रु पाँच लाख उपलब्ध गराउने नगरप्रमुख रानामगरले बताए । “नगरपालिकाले विनियोजन गरेको रकम आवश्यक प्रक्रिया पूरा गरेर केन्द्रको खातामा उपलब्ध गराइनेछ”, उनले भने ।

गोरखा नगरपालिका–६, स्थित अस्पतालचोकमा रहेको लायन्स आँखा सेवा केन्द्र गोरखाले विगत १९ वर्षदेखि सेवा दिँदै आएको छ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?