Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

गोरखा नगरपालिकामा मोतियाबिन्दुको निःशुल्क उपचार


११ भदाै, गोरखा । गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । “यसअघि मोतियाबिन्दुको शल्यक्रिया गर्दा रु चार हजार खर्च हुन्थ्यो भने अब निःशुल्क शल्यक्रियाको सुविधा उपलब्ध गराइएको छ”, उनले भने ।

नगरवासीले शल्यक्रिया गर्दा लाग्ने सबै खर्चसँगै चश्मा र औषधि पनि निःशुल्क उपलब्ध गराइनेछ । नगरवासीलाई स्वास्थ्य सेवा कार्ड पनि उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ । तर तत्कालका लागि भने स्थायी बसोबासको प्रमाण खुल्ने कागजपत्रका आधारमा उक्त सुविधा लिन पाइने नगरपालिकाले जनाएको छ ।

“स्वास्थ्य कार्ड उपलब्ध नहुँदासम्म नगरवासी भएको परिचय खुल्ने सरकारी कागजपत्र नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, जन्मदर्ता, सवारी चालक अनुमतिपत्र, बसाइँसराइ पत्र वा विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि निःशुल्क सेवा लिन पाउनेछन्”, नगरप्रमुख रानामगरले भने ।

मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने नगरवासीका लागि निःशुल्क शल्यक्रिया सहितको उपचारका लागि नगरपालिकाले सेवा केन्द्रलाई चालु आर्थिक वर्षमा रु पाँच लाख उपलब्ध गराउने नगरप्रमुख रानामगरले बताए । “नगरपालिकाले विनियोजन गरेको रकम आवश्यक प्रक्रिया पूरा गरेर केन्द्रको खातामा उपलब्ध गराइनेछ”, उनले भने ।

गोरखा नगरपालिका–६, स्थित अस्पतालचोकमा रहेको लायन्स आँखा सेवा केन्द्र गोरखाले विगत १९ वर्षदेखि सेवा दिँदै आएको छ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?