Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


पाकिस्तानमा रेल दुर्घटनामा परी १५ जनाको मृत्य

२१ श्रावण, एजेन्सी । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकारलाई बताएका छन् । उद्धार टोलीहरू

निर्माण व्यवसायीको माग सम्बोधन गर्न निजी क्षेत्रको माग

२१ श्रावण, काठमाडाैँ । निर्माण व्यवसायीका माग सम्बोधन गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग सङ्घले र नेपाल उद्योग वाणिज्य महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीका जायज माग यथासक्य छिटो सम्बोधन गर्न सरकारसँग माग गरेका हुन् । “कूल गार्हस्थ्य उत्पादनमा निर्माण क्षेत्रको

आँखा परीक्षण गराउने बढे

२१ श्रावण, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिए

गुगल एसिया सहित ६ विदेशी कम्पनीले तिरे नेपाल सरकारलाई कर

२१ श्रावण, काठमाडाैँ । विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९÷८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी)वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब रु १० करोड राजस्व सङ्कलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार हालसम्म नेपालमा विद्युतीय

सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि सरकारले सुरू गर्यो परामर्श

२१ श्रावण, काठमाडाैँ । सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्धरुपमा परामर्श सुरु गरेको छ । समाजका विभिन्न पेसा व्यवसायसँग सम्बन्धित लब्धप्रतिष्ठित व्यक्तिलेसमेत तथ्य–प्रमाणविना सामाजिक सञ्जालमा मनलाग्दी लेख्दा आफूहरूलाई अपूरणीय क्षति भएको भन्दै नियमन र व्यवस्थापनको माग आएपछि सरकारले परामर्श गरी सुझाव माग्न

माओवादीका नेताहरुलाई नयाँ जिम्मेवारी, क-कसले के पाए जिम्मेवारी ?

२१ श्रावण, काठमाडाैँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएको सम्बन्धी प्रस्ताव पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेसविज्ञ

उत्तराखण्ड पहिरो : बेपत्ता हुने ११ जना नेपालीहरूको खुल्यो पहिचान

२१ श्रावण, काठमाडाैँ । भारतको उत्तराखण्डस्थित केदारनाथको गाैरीकुण्डमा गएको पहिरोमा एउटै परिवारका सातसहित जुम्लाका ११ जना परेको खुलेको छ । पहिरोमा बेपत्ता भएका पातारासी गाउँपालिका वडा नम्बर ३ चौरगाउँका एकै परिवारका सातसहित ११ जनाको परिचय खुलेको हो । पातारासी गाउँपालिका वडा नम्बर २ स्थित अस्थायी प्रहरी पोष्ट इन्चार्ज प्रहरी हवल्दार नारायण

साताको पहिलो दिन ३८.३७ अङ्कले घट्यो शेयर बजार

२१ श्रावण, काठमाडाैँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ६५  कम्पनीका ८० लाख सात हजार तीन सय ६१

एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेट

२१ श्रावण, काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाको टोलीले आज भेट गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो । महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग

बङ्गलादेशमा ६४ हजार डेङ्गुका बिरामी

२१ श्रावण, एजेन्सी । लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन् । शनिबार थप १० जनाको मृत्यु भएको र  दुई  हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य

सम्वन्धित समाचारहरु