Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

उत्तराखण्ड पहिरो : बेपत्ता हुने ११ जना नेपालीहरूको खुल्यो पहिचान


२१ श्रावण, काठमाडाैँ । भारतको उत्तराखण्डस्थित केदारनाथको गाैरीकुण्डमा गएको पहिरोमा एउटै परिवारका सातसहित जुम्लाका ११ जना परेको खुलेको छ । पहिरोमा बेपत्ता भएका पातारासी गाउँपालिका वडा नम्बर ३ चौरगाउँका एकै परिवारका सातसहित ११ जनाको परिचय खुलेको हो ।

पातारासी गाउँपालिका वडा नम्बर २ स्थित अस्थायी प्रहरी पोष्ट इन्चार्ज प्रहरी हवल्दार नारायण थापाका अनुसार जुम्लाको पातारासी गाउँपालिका २ पेरे गाउँको एउटै परिवारका सात जनाको पहिचान खुलेको छ । ३० वर्षीय अमर बोहरा र उहाँकी श्रीमती २९ वर्षीया अनितासहित तीन छोरी र दुई छोरा बेपत्ता भएका हुन् । ११, ९ र ७ वर्षीया छोरीहरू सलिता, पिंकी, प्रीतिसँगै ४ र २ वर्षीय छोरा जटिल र ओकिल गरेर सात जना बेपत्ता भएका हुन् ।

बेपत्ता भएका अन्य व्यक्तिमा सोही गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी छन् । प्रहरीका अनुसार पातारासी ३ का ३८ वर्षीया बम बोहरा र ४६ वर्षीय सुकराम रावत बेपत्ता भएका हुन् । उनीहरू बेपत्ता भएको जानकारी पहिरो प्रभावित क्षेत्रमा रहेका चन्द्र बुढा, फुलमाया बुढा, प्रकाश कामी, शुक कामी, निरु रावत, खर्क बोहरालगायतले टेलिफोनमा दिएको प्रहरीले बताएको छ ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार घटना भएको थाहा पाएपछि बेपत्ता परिवारको पहिचानका लागि काम भइरहेको बताए ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?