Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

उत्तराखण्ड पहिरो : बेपत्ता हुने ११ जना नेपालीहरूको खुल्यो पहिचान


२१ श्रावण, काठमाडाैँ । भारतको उत्तराखण्डस्थित केदारनाथको गाैरीकुण्डमा गएको पहिरोमा एउटै परिवारका सातसहित जुम्लाका ११ जना परेको खुलेको छ । पहिरोमा बेपत्ता भएका पातारासी गाउँपालिका वडा नम्बर ३ चौरगाउँका एकै परिवारका सातसहित ११ जनाको परिचय खुलेको हो ।

पातारासी गाउँपालिका वडा नम्बर २ स्थित अस्थायी प्रहरी पोष्ट इन्चार्ज प्रहरी हवल्दार नारायण थापाका अनुसार जुम्लाको पातारासी गाउँपालिका २ पेरे गाउँको एउटै परिवारका सात जनाको पहिचान खुलेको छ । ३० वर्षीय अमर बोहरा र उहाँकी श्रीमती २९ वर्षीया अनितासहित तीन छोरी र दुई छोरा बेपत्ता भएका हुन् । ११, ९ र ७ वर्षीया छोरीहरू सलिता, पिंकी, प्रीतिसँगै ४ र २ वर्षीय छोरा जटिल र ओकिल गरेर सात जना बेपत्ता भएका हुन् ।

बेपत्ता भएका अन्य व्यक्तिमा सोही गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी छन् । प्रहरीका अनुसार पातारासी ३ का ३८ वर्षीया बम बोहरा र ४६ वर्षीय सुकराम रावत बेपत्ता भएका हुन् । उनीहरू बेपत्ता भएको जानकारी पहिरो प्रभावित क्षेत्रमा रहेका चन्द्र बुढा, फुलमाया बुढा, प्रकाश कामी, शुक कामी, निरु रावत, खर्क बोहरालगायतले टेलिफोनमा दिएको प्रहरीले बताएको छ ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार घटना भएको थाहा पाएपछि बेपत्ता परिवारको पहिचानका लागि काम भइरहेको बताए ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?