Trending
>>   घर, गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ >>   हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड >>   स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजको निर्णय कार्यान्वयन गर्न माग >>   कानूनी शासन स्थापित नगरी जेन–जी का माग पूरा गर्न सकिँदैनः अर्थमन्त्री खनाल >>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

समाचार


जेन–जी आन्दोलनका घाइतेहरुलाई वार्ताका लागि प्रहरीको भ्यानमार्फत प्रधानमन्त्री कार्यालय लगियो

काठमाडौँ।प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरुलाई प्रहरीको भ्यानमार्फत प्रधानमन्त्री र गृह मन्त्रालयमा लगिएको छ । जेन—जी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरु आक्रोशित भएपछि प्रहरीले भ्यानमार्फत प्रधानमन्त्रीसँग भेट गराउन लगेको हो । उनीहरुले हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रोश समेत व्यक्त गरेका छन् ।

विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र अवरुद्ध सडक खुल्छः सचिव केशवकुमार शर्मा

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरु विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताएका छन् । शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उहाँले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिएका हुन् । हाल

जेन-जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए गोली खान तयार छौँः घाइते परिवार

काठमाडौँ।जेन-जी आन्दोलनको घाइते परिवार सरस्वती रावलले जेन-जी आन्दोलनको बलिदानीलाई सरकारले सम्बोधन गनुपर्ने बताएकी छिन् । शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए आफू गोली खान तयार भएको बताएकी हुन् । जेन—जी आन्दोलन परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा शुरु भएको उनको भनाई छ

स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैनः इन्जिनियर्स एशोशिएशन

काठमाडौँ।नेपाल इन्जिनियर्स एशोसिएशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले जेन्जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएका छ । शनिवार सो मन्त्रालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सर्वोच्च

दशैँमा काठमाडौंबाट बाहिरिने सार्वजानिक सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइने

काठमाडौँ।सरकारले दशैँमा काठमाडौंबाट बाहिरिने सार्वजानिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङ्गमार्ग प्रयोग गर्न दिने निर्णय गरेको छ । शनिवार उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो । भौतिक पुर्वाधार तथा यातयातमन्त्री घिसिङले नागढुंगा–सिस्नेरी सुरुङ्गमार्गलाई परिक्षणको रुपमा सार्वजानिक सवारीलाई दशैँ अगाडी नै सञ्चालन

जेन–जी आन्दोलनबाट वागमती प्रदेश सभाको ३५ करोड बराबरको क्षति

काठमाडौँ। वागमती प्रदेशको राजधानी हेटौंडामा जेन–जी आन्दोलनबाट प्रदेश सभा भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । प्रदेश सभाको हालै सञ्चालनमा ल्याइएको अस्थायी भवन र पुरानो भवन दुवै जेनजीको निशानामा परेको थियो । प्रदेश सभा भवन क्षतिग्रस्त हुदाँ ३० देखि ३५ करोड बराबरको क्षति भएको आँकलन गरिएको छ । हेटौंडामा रहेका

तत्कालीन सरकारको हठ र समाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण बन्योःपोखरेल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्यता बढेकोमा सरकारको नेतृत्वमा

धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

धनुषा। सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको छानविन गरी दोषिलाई कारबाही गर्नुपर्छः ठाकुर गैरे

काठमाडौँ। नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गरिनुपर्ने बताएका छन् । पार्टी केन्द्रय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मुल आधार भएको उल्लेख गर्दै उनले दलहरुले आफ्ना कमजोरी सच्याउँदै देशलाई

अब राजश्व तिर्न मास्टर कार्ड, भिजा कार्ड र अलिपे जस्ता कार्डहरू प्रयोग गर्न सकिने

काठमाडौँ। विदेशमा बस्ने नेपाली र नेपाल आउने पर्यटकलाई राजश्व तिर्न सजिलो हुने भएको छ । भुक्तानी कागजरहित, व्यक्तिरहित, र नगदरहित हुने र काममा पारदर्शिता ल्याउन भन्दै सरकारले अन्तर्राष्ट्रिय कार्डबाट पनि राजश्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजश्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली जोडेको छ ।

सम्वन्धित समाचारहरु