Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने


काठमाडौँ । छात्र चार गुणा चार सय मिटरमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेसँगै १६ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा कुल तीन वटा जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार भएको छात्र चार गुणा चार सय मिटर रिलेमा गण्डकीको टोली (अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित) ले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । यो टोलीले निर्धारित दूरी तीन मिनेट २७.९ सेकेण्डमा पार गरेको हो । यसअघि तीन मिनेट ३०.९ सेकेण्डको कीर्तिमान वागमती प्रदेशका प्रवीण रानामगर, हस्त सुनार, निरज शाह र सन्तबहादुर दराइको नाममा थियो । उक्त कीर्तिमान गत संस्करणमा बनाएको हो ।

यसअघि वागमतीका अविनाश सुनारले हाई जम्पमा र भगवती खड्काले चार सय मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । चार गुणा चार सय मिटरमा बागमतीले पनि गत संस्करणकै कीर्तिमानलाई पछि पारेपनि स्वर्ण जित्न सकेन । सप्रेश अधिकारी, निरज शाह, हस्त सुनार र सचिन थिङ सम्मिलित वागमती तीन मिनेट ३०.७ सेकेन्डसहित दोस्रो भयो । सुदूरपश्चिम प्रदेशका सुरेश चौधरी, चित्रबहादुर केसी, विराज सुनार र वरुणदत्त राना तेस्रो बने । उक्त स्पर्धाको छात्रामा वागमती प्रदेशका सुरुची मोक्तान, अनिशा थारु, भगवती खड्का र सर्मिला विक पहिलो भए ।

टोलीले निर्धारित दूरी ४ मिनेट १८.१ सेकेण्डमा पूरा गरे । लुम्बिनी प्रदेशका अनुजा चौधरी, रोशनी कामी, करिश्मा खड्का र दुर्गा विक दोस्रो तथा सुदूरपश्चिमका उषा चौधरी, विजया चटौल, स्वस्तिका शाह र कमल जैशी तेस्रो भए । छात्र लङजम्पमा सुदूरपश्चिमका विक्रम नाथ पहिलो भए । उनले ६.६० मिटर जम्प गरे । बागमतीका दीपेन्द्र गिरी र विशाल गुरुङ तेस्रो स्थानमा रहे ।

यस स्पर्धाको छात्रामा ५.०८ मिटर जम्प गर्दै वागमतीकी अनिशा थारुले स्वर्ण जितिन् । सुदूरपश्चिमकी उषा चौधरी दोस्रो र लुम्बिनीकी गरिमा चौधरी तेस्रो भए । छात्र ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमका लोकेश ऐरीले स्वर्ण जिते । उनले ५६.३२ मिटर थ्रो गरे । लुम्बिनीका अमित थारुले रजत तथा कोशी प्रदेशका सोहेल मनसोलीले कांस्य जिते । त्यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन् । पूजाको उत्कृष्ट थ्रो ३५.४२ मिटर रह्यो ।

कोशीकी उमिता राई र कर्णाली प्रदेशकी सरिता शाह क्रमशः दोस्रो र तेस्रो भए । छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनार पहिलो भए । उनले २ मिनेट ००.२ सेकेन्ड समय निकाले । कर्णालीका सुमन सुनार दोश्रो तथा लुम्बिनीका सचिन कुर्मी तेस्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी भगवती खड्का २ मिनेट २२.१ सेकेण्ड समयसाथ पहिलो भइन् । सुदूरपश्चिमकी स्वस्तिका शाह दोस्रो तथा गण्डकी प्रदेशकी आस्मा अधिकारी तेस्रो भए ।


प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?