Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

समाचार


नर्सिङ कक्षा सञ्चालन गरेको जग्गा महानगरले खाली गरायो

८ श्रावण, चितवन । चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ । प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो । भरतपुर–३ नगरबनमा डेढ बिघा जग्गामा बनाइएको भवन महानगरले प्रसूति गृह सञ्चालनका

ट्विटरको लोगोबाट ‘चरा’को बिदाइ

८ श्रावण, एजेन्सी । चर्चित सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन भएको छ । ट्विटरका मालिक एलन मस्कले चराको ठाउँमा अंग्रेजीको एक्स 'X' राखेका हुन् । व्यवसायको नाम परिवर्तन गरेर एक्स कर्प राखेका श्री मस्कले यो परिवर्तन लामो समय अगाडी नै गरिनु पर्ने बताएका थिए । ट्विटरकी सीईओ लिन्डा याकारिनोले पनि

बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाले छात्रवृत्ति दिने

८ श्रावण, भोजपुर । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति सहयोग गर्न लागेको हो । रामप्रसाद राई–५ मानेभञ्ज्याङ, आमबोटेमा गत वर्षबाट शिक्षालय

उत्तर गङ्गामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या

८ श्रावण, बागलुङ । ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् । यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त मानिन्छ । उच्च पहाडी क्षेत्र भएको

सरकारद्वारा देशभरका औषधि पसलको अनुगमन सुरु

८ श्रावण, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (सोमबार)देखि देशभरका औषधि पसलहरुको अनुगमन सुरु गरेको छ । औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही औषधि

रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

८ श्रावण, भक्तपुर । आउँदो वडादशैँका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याइएको छ । घन्टाकर्ण चतुर्दशीदेखि जनैपूर्णिमाभित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनुपर्ने परम्पराअनुसार आज खम्ये भित्र्याइएको हो । यसवर्ष भक्तपुर नगरपालिका–७, चोर्चा निवासी रत्नभक्त दुमरुले खःमेय् चढाएका हुन् । उनले चाङ्गुनारायण नगरपालिका बागेश्वरीबाट रु एक लाखको खःमेय्

ललिता निवास जग्गा प्रकरण : थप २ जना पक्राउ

८ श्रावण, काठमाडाैँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थप २ जना पक्राउ परेका छन् । सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन् । उनीहरू नक्कली मोही रहेको बताइएको छ । उनीहरूलाई कुपन्डोल क्षेत्रबाट पक्राउ गरिएको हो

बाढीले बगाउँदा चालक बेपत्ता

८ श्रावण, बाजुरा । बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्रयाक्टर चालक बेपत्ता भएका छन् । मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको बाढीले गए राति से २ त ३२२५ नम्बरको ट्रयाक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । प्रहरीले बेपत्ता चालक चौधरीको खोजी गरिरहेको छ ।

चीनमा व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु

८ श्रावण, एजेन्सी । उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माण कर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको

नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने

८ श्रावण, नेपालगञ्ज । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको भागबाट निकास तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर बर्सेनि नेपालगन्ज नगर डुबानमा पर्ने समस्या हुँदै आएकामा अहिले समस्या

सम्वन्धित समाचारहरु