१७ श्रावण, रूकुम । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएका थिए । उनि बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए ।
१७ श्रावण, काठमाडाैँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए। राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेशको व्यवस्थाअनुसार आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। आयोगले
१७ श्रावण, काठमाडाैँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ । मन्त्रालयले पहिलो चरणमा मङ्गलबार मात्रै १४ उपसचिव र आठजना शाखा अधिकृतको सरुवा गरेको प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मन्त्रालयले श्रम, रोजगार तथा
१७ श्रावण, एजेन्सी । सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् । अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना
१७ श्रावण, झापा । झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो । झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित विर्तामोड कृषि थोक बजार परिसरमा रहेको सो प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फलफूलको
१७ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो । यसका लागि माओवादीले आजै विधान संशोधन गर्नेछ । विधान संशोधनपछि मात्रै केन्द्रीय समितिमा नयाँ सदस्यले
१७ श्रावण, भोजपुर । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ । भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ,
१७ श्रावण, काठमाडाैँ । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव हेमराज विष्टले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले मंगलबार उपसचिव स्तरका विष्टलाई सो मुद्दामा दोषी नहुने फैसला गरेको हो । विष्टसँगै नकी श्रीमती रुबी जिसीले पनि सफाइ पाएकी छन्। अनुसन्धानका क्रममा ३२ ठाउँमा घरजग्गा र करीब आधा अर्ब सम्पत्ति भएको
१७ श्रावण, मोरङ । इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला फरेका छन् । मोरङको नेता चोकस्थित इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड बुधबार बिहान मृत फेला फरेका हुन् । मृत अवस्थामा फेला परेका गार्ड वडा नम्बर ५ का ४२ वर्षीय पदुम कुमार माझी रहेको प्रहरीले जानकारी दिएको छ । बैंकको
१७ श्रावण, बैतडी । बैतडीमा एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा डेङ्गु सङ्क्रमण देखिएको यो पहिलो घटना हो । ज्वरो आएपछि शिवलिङ्ग स्वास्थ्यचौकीमा उपचारका लागि