Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता


२३ ,श्रावण ,काठमाडौँ । गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै पाँच जना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिए ।

उनका अनुसार बाढी पहिरोकै कारण हालसम्म कूल रु ११ लाख २५ हजार बराबरको क्षति भएको छ । देशभरका एक दर्जन जति स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी पहिरोको घटना तथा क्षति भएका विषयमा जानकारी आइरहेको र कतिपय ठाउँका मुख्य राजमार्ग पुनः सञ्चालनका लागि पहल भइरहेको प्रवक्ता तथा सहसचिव भट्टराइले बताए ।

उनले भने, “बाढी पहिरोले क्षति भएका विषयमा जानकारी आउने क्रम जारी छ, अहिलेसम्म एक दर्जन राजमार्ग अवरुद्ध भएका छन्, कतिपय राजमार्ग खुलेका छन् । धेरै ठाउँमा डुबान भएको छ, कतिपय ठाउँमा अहिले पनि वर्षा जारी रहेकाले त्यहाँको थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ ।”


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?