Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

समाचार


तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन

६ श्रावण, रुकुम । प्रायजसो पानीघट्ट खोला वा नदी किनारामा हुने गर्छन् । बाँफीकोट गाउँपालिकाको एउटा गाउँमा भने साढे तीन किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको छ । बाँफीकोट–५ माथिल्लो काँडामा तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको हो । ‘गाउँका मान्छेलाई सधैँ घट्टमा पिसानी गर्ने

सडक ऐन संशोधन गरेर वर्गीकरण प्रक्रिया छिट्टै अगाडि बढ्छ : मन्त्री ज्वाला

६ श्रावण, काभ्रे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरानो सडक ऐन संशोधन गर्नुका साथै सडक वर्गीकरण गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौतीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू मन्त्री हुनेबित्तिकै गरेको पहिलो निर्णय नै यही दुई बुँदा रहेकाले त्यसलाई छिट्टै प्रक्रिया अगाडि बढाउने बताए । अहिले

कांग्रेसले ०८४ को होइन अहिलेको चिन्ता लिनुपर्छ: महामन्त्री शर्मा

६ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले ०८४ को चुनावका लागि नभई अह‍िलेका लागि चिन्ता गर्नुपर्ने बताएका छन्। बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीमा महामन्त्री शर्माले चार वटा प्रदेश सरकार र ३२९ स्थानीय तहको नेतृत्व गरेको पार्टीले ०८४ मा हुने चुनावको चिन्ता छोडेर देश

उपत्यकामा उठ्न थाल्यो थुप्रिएको फोहर

६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको

मनसुनी वर्षा सुस्त : मुलुकभर रोपाइँ ६८ प्रतिशत मात्रै

६ श्रावण, काठमाडाैँ । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान

वीरगञ्जमा खानेपानीको हाहाकार

६ श्रावण, पर्सा। वीरगञ्ज महानगरपालिका-१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको संघर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके। खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्किनुभएका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै करिब पाँच किलोमिटर पैदलयात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल

कुकर र बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

६ श्रावण, एजेन्सी । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर– बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको

बिपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँ : मुख्यमन्त्री पाण्डेय

६ श्रावण, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले बिपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उनले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताएका छन् । नेपाली कांग्रेस बागलुङले आज ४१औँ बिपी स्मृति दिवसका अवसरमा प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपण पछि कांग्रेसका केन्द्रीय

बाँकेमा एकै वर्षमा १ सय ६० उद्योग बन्द

६ श्रावण, बाँके । बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका  निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए ।

फेवातालबाट जलकुम्भी निकालियो

६ श्रावण, पोखरा । पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन् । प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न सङ्घसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन् । ट्रेकिङ एजेन्सी एशोसियसन अफ

सम्वन्धित समाचारहरु