Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

कांग्रेसले ०८४ को होइन अहिलेको चिन्ता लिनुपर्छ: महामन्त्री शर्मा


६ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले ०८४ को चुनावका लागि नभई अह‍िलेका लागि चिन्ता गर्नुपर्ने बताएका छन्।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीमा महामन्त्री शर्माले चार वटा प्रदेश सरकार र ३२९ स्थानीय तहको नेतृत्व गरेको पार्टीले ०८४ मा हुने चुनावको चिन्ता छोडेर देश र जनताको लागि काम गर्नुपर्ने बताएका हुन्।

संगठनलाई मजबुत बनाउँदै प्रदेश र स्थानीय तहमा रहेका कांग्रेस नेतृत्वको सरकारले राम्रो काम गरे आगामी चुनावको चिन्तै लिन नपर्ने उनको भनाइ छ।

‘२०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो”, महामन्त्री शर्माले भने।

उनले विपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेसको केन्द्रीय समिति बैठक अगाडि बढ्ने बताए। उनले विपी दूरदर्शी र परिपक्व नेता रहेको र उनको विचारलाई कांग्रेसले नछोड्ने बताए।

नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको उनको गुनासो थियो। त्यसकारण झापा आन्दोलन र माओवादी आन्दोलन भएको र त्यसबाट देशले ठूलो क्षति ब्यहोर्न परेको उनले बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?