Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

समाचार


अप्टिमिष्टको सप्ताहब्यापि कार्यक्रम

काठमाडाैं । अन्तरराष्ट्रीय स्वयंसेवी सँस्था अप्टिमिष्टको सप्ताहब्यापि कार्यक्रम सुरु भएको छ । नेपाल डिस्ट्रिक्टका गभर्नर प्रकाश घिमिरे र निवर्तमान गभर्नर पृथ्वीराज थापाले संयुक्त रुपमा रिबन काटि पुरानो बानेश्वरबाट सुरु गरेको प्रभातफेरि बागबजारमा समापन भएको थियो । सन् १९१९ मा अमेरिकामा स्थापना भएको स्वयँसेवी सँस्थाले बिभिन्न देशमा आफ्नो स्थानिय क्लब मार्फत

अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय दरबारमार्गबाट पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट रु एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्यस्तै, पक्राउपर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिएका छन् । उनले भने,

रक्तदानमा सामाजिक धारणाबारे सर्भे रिर्पोट सार्वजनिक

काठमाडौं । सरस्वती बहुमुखि क्याम्पस समाजशास्त्र विभागले प्रकाशन गरेको रक्तदानमा सामाजिक धारणा बिषय सर्भे रिर्पोट सार्वजनिक भएको छ । थापाथलीस्थित मार्टिन चौतारीमा आयोजित कार्यक्रमकाबीच रिर्पोट सार्वजनिक गरिएको हो । सर्भे रिर्पोट झकेन्द्र घर्ती मगर, महेश राज महर्जन, नविन आचार्य, भीमराज सिग्देल, नारायणी देवकोटा र नमिता पौडेलले तयार गरेका हुन् ।

अपराध र ठगीमा लागेका कसैलाई पनि छुट हुँदैनः गृहमन्त्री श्रेष्ठले

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध र ठगीमा लागेका कसैलाई पनि छुट दिन नसक्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले अपराध, ठगी र लुटमा लागेका कसैलाई पनि छुट नदिने बताएका हुन् । उनले आफ्ना कर्तव्य निर्वाह गर्दा माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई अपिल

‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढ्यो: महासचिव अधिकारी

काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघका महासचिव चिरञ्जिवि अधिकारीले २९औँ संस्करणमा आइपुग्दा ‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढेको र स्टल राख्ने कम्पनीहरुबीच पनि प्रतिस्पर्धा बढ्दै गएको बताएका छन् । माघ २५ बाट ५ दिन चल्ने इन्फोटेकमा २ सय बढी स्टलहरू रहने महासचिव अधिकारीले जानकारी दिएका हुन् । उनका अनुसार इन्फोटेकमा ‘स्टार्ट

प्रादेशिक अस्पतालमा बिरामीलाई रगत निःशुल्क

काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालले भर्ना भएका बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्करुपमा उपलब्ध गराउन ब्लड बैंकको सुरुआत गरेको छ । बागमती प्रदेश सरकारले २०७९ चैतमा तयार गरेको कार्यविधिअनुसार जिल्ला स्वास्थ्य कार्यालयले मेथिनकोट अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन सम्झौता गरेअनुसार ब्लड बैंकको स्थापना गरिएको

गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर। टेम्केमैयुङ गाउँपालिका–४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । उक्त गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । त्यस्तै, शैक्षिक सुधारका लागि यहाँका शिक्षक तथा कर्मचारीलाई तीन महिने प्रविधिसम्बन्धी आइसिटी तालिम दिएको छ भने सो वडाले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउँदै,

भोजपुरको दुर्गम भेग हतुवागढीको बारीगाउँमा बिजुली

 टक्सार,भोजपुर। बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् । रामबहादुर भन्छन्, “गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बूढाबूढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छौँ ।” अहिलेसम्म

भारतविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सनले लिए विकेट

काठमाडौं। आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा भारतको सामना गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ ।  आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्समा गुल्सन झाले नेपाललाई पहिलो सफलता दिलाएका छन् । भारतविरुद्ध झाले पहिलो विकेट लिएका हुन् । शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतका

दीर्घकालीन विद्युत व्यापार सम्झौताविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं। नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी मागेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले १६ माघमा अन्तरिम आदेश जारी गर्नुपर्ने नपर्नेबारे छलफलका लागि २३ माघमा पेशी तोकेको छ भने सो अदालतले सम्झौताको सक्कलसहित उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ ।

सम्वन्धित समाचारहरु