Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

प्रतिनिधिसभाद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित


काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दै प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकले संविधानसभाका सदस्य समेत रहेका पूर्वमन्त्री बुढाथोकीको निधनप्रति शोक प्रकट गर्दै सभामुख देवराज घिमिरेले राख्नुभएको शोक प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभामुख घिमिरेले भने, ‘नेपाली कांग्रेस पार्टीबाट विक्रम सम्वत २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा निर्वाचित सदस्य पूर्व सामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा मिति २०८० साल माघ २२ गते सोमबार राति उपचारको क्रममा असमायिक निधन भएकालेमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पर्ण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ । उक्त शोकलाई पारित गरिदिन हुन अनुरोध गर्दछु ।’

उक्त बैठकले स्वर्गीय नेता बुढाथोकीको सम्मान एक मिनेट मौनधारण समेत गरिएको छ भने प्रतिनिधि सभाको अर्को बैठक आगामी फागुन ६ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?