Trending
>>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि >>   शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना >>   करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थी निःशुल्क पढाउनुपर्दा खुट्टा कमाउँछ :सांसद… >>   सरकारी कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढ्नु पर्ने व्यवस्था राखौँः सांसद बस्नेत
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

प्रतिनिधिसभाद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित


काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दै प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकले संविधानसभाका सदस्य समेत रहेका पूर्वमन्त्री बुढाथोकीको निधनप्रति शोक प्रकट गर्दै सभामुख देवराज घिमिरेले राख्नुभएको शोक प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभामुख घिमिरेले भने, ‘नेपाली कांग्रेस पार्टीबाट विक्रम सम्वत २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा निर्वाचित सदस्य पूर्व सामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा मिति २०८० साल माघ २२ गते सोमबार राति उपचारको क्रममा असमायिक निधन भएकालेमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पर्ण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ । उक्त शोकलाई पारित गरिदिन हुन अनुरोध गर्दछु ।’

उक्त बैठकले स्वर्गीय नेता बुढाथोकीको सम्मान एक मिनेट मौनधारण समेत गरिएको छ भने प्रतिनिधि सभाको अर्को बैठक आगामी फागुन ६ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?