Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

राजु गिरीको निर्देशन रहने फिल्म ‘ईश्वर’ मा अनुको इन्ट्री


काठमाडौं। राजु गिरीको निर्देशन रहने फिल्म ‘ईश्वर’मा अभिनेत्री अनु शाहको पनि अभिनय रहने भएको छ ।

त्यस्तै, निर्देशक राजु गिरीले फिल्मको छायाङ्कन सुरु भएको दोस्रो दिन बुधवार मुख्य अभिनेत्रीको रूपमा शाह अनुबन्धित गरेका हुन् । शाह केही दिनमै फिल्म सेटमा ज्वाइन गर्ने निर्देशक गिरीले बताएका छन् ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार गरेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईं, अर्जुन पोख्रेल र बिपी वाग्लेको सङ्गीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईँको छायाङ्कन र देव महर्जनको द्वन्द्व रहनेछ ।

उक्त फिल्मको छायाङ्कन मंगलबारदेखि कास्कीको हेम्जाकोटमा सुरु भएको थियो भने ३५ दिनको छायाङ्कन सेड्युलसहित छायाङ्कन सुरु भएको फिल्म कास्कीको विभिन्न क्षेत्रमा खिचिने छ ।

त्यस्तै, लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा रहेको फिल्ममा अनुको अलवा पृथ्वीराज प्रसाईं, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला, गीता अधिकारी, माओत्से गुरुङ लगायतको अभिनय रहने छ ।

 

 


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?