Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

नेपाल प्रहरीको अर्धवार्षिक प्रगति समीक्षाः सन्तोषजनक कार्य सम्पादन,वार्षिक लक्ष्य हासिल गर्न समस्या !


काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा कार्यसम्पादन सम्झौता आ.व. २०८०/०८१ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले समग्रमा कार्यसम्पादन सम्झौता गरिएका कार्यालयहरूबाट सन्तोषजनक कार्य सम्पादन भएतापनि वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी क्रियाकलापको कार्यान्वयनमा कार्यालयहरूबाट कार्य सम्पादनमा थप तीव्रता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

समयसापेक्ष सांगठनिक विकास, प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढिकरण र समग्रमा संगठनको शुद्धिकरण नै कार्ययोजनाको प्रमुख उद्देश्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले कार्ययोजना अन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई प्रतिवेदनमा नै सीमित नराखी तत्काल कार्यान्वयनमा लैजान जिम्मेवार सम्पूर्ण विभाग तथा कार्यालयहरूले जोड दिनुपर्ने बताउनुभयो । कार्यप्रगतिको विषयमा आफ्ना धारणा र सुझावहरू प्रस्तुत गर्दै उहाँले सम्पूर्ण जिम्मेवार विभाग तथा कार्यालयहरूबाट तयार भएका योजना प्रतिवेदन, निर्देशिका तथा मापदण्डहरूले अपेक्षित उद्देश्य हासिल तथा लक्ष्य प्राप्त हुने गरी तर्जुमा गरिएको छ/छैन भन्ने सम्बन्धमा सुनिश्चित हुन जरूरी रहेको बताउनुभयो ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रतिनिधि, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान व्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिहरूले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्य सम्पादन सम्झौताको साउनदेखि पुस महिनासम्मको कार्य प्रगति, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान विवरण, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, ट्राफिक व्यवस्थापन सुधार लगायतका विषयमा आ-आफ्नो कार्यालय तथा मातहत कार्यालयबाट भएका प्रहरी कारबाही लगायतका अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू, तीन वटै परिसर एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?