काठमाडौं। औषधि व्यवस्था विभागले चार औषधिको उत्पादन तत्काल नगर्न निर्देशन दिएको छ । विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन रोक्न निर्देशन दिएको हो । त्यस्तै रोक लगाइएका औषधिको बजारमा बिक्री भइरहेको ‘ब्रान्ड’ समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ । उक्त औषधि मूल्याङ्कन समितिको
महेन्द्रनगर। जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा-मासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा-मासुको बिक्री वितरणमा रोक लगाएको हो । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई
हेटौँडा। रेल विभागले मेची-महाकाली द्रुत विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ-हेटौँडा-भरतपुर खण्डको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ । फुलब्राइट कन्सलटेन्सी प्रा.लि.ले परियोजनाको डिजाइन गरिरहेको छ । निजगढ–सिग्नल स्टेशन ९ वटा रहने रेलमार्गको केन्द्रबिन्दुबाट २५–३० मिटर दायाँबायाँ राइट अफ वे रहने बताइएको छ भने यात्रु स्टेशनका लागि १६० मिटर चौडाइ र १७०
काठमाडौं। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलत्कार, चार यौन दुर्व्यवहार , दुई बेचबिखनका रहेका छन्
मुगु । केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन् । अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको
काठमाडौं। सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशका ७१ वटा अस्पतालसँग सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी ती अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्टले आयोजना गर्ने कर्मालयको दशौं संस्करण सुरु भएको छ । इन्जिनियरिङ विधा अन्तरगत विद्यार्थीले हासिल गरेको ज्ञान, सीप र नविनतम सोचहरुलाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कर्मालयको दशौं संस्करणको बिहीबार परिचयात्मक सेसन भएको छ
गलेश्वर,म्याग्दी। सोमबार बाला चतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आएकी अमृता पुन ल्याएका सामग्री नबिकेपछि चिन्तित भएकी छन् । पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बुढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाइँले पनि आफूले ल्याएका सामान बिक्री नभएपछि सामान
काठमाडौं। गायक मोहन श्रेष्ठ र गायिका सहिमा श्रेष्ठको सुमधुर स्वरमा सजिएको 'अरे क्यानाम' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा अमर बान्तुको शब्द रहेको छ भने राजन राज सिवाकोटीको संगीत रहेको छ। गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। डान्सिङ भर्सनको यस गीतको राज आचार्य र सजिना
काठमाडौं। काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । गत भदौ २९ गते महानगर र संघबीच भएको सम्झौताअनुसार सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सामुदायिक विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिएका छन् । उक्त