Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

गायक श्रेष्ठको कोसेली ‘अरे क्यानाम’ बजारमा ( भिडियोसहित )


काठमाडौं। गायक मोहन श्रेष्ठ र गायिका सहिमा श्रेष्ठको सुमधुर स्वरमा सजिएको ‘अरे क्यानाम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा अमर बान्तुको शब्द रहेको छ भने राजन राज सिवाकोटीको संगीत रहेको छ। गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। डान्सिङ भर्सनको यस गीतको राज आचार्य र सजिना श्रेष्ठबीचको अन्स्क्रिन प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।

भिडियोमा सहिमा श्रेष्ठ र प्रकाश बस्नेतको समेत अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ। सुरेन्द्र बसेल सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई गम्भीर बिष्टको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो गायिका श्रेष्ठको युट्युव च्यानल ‘सहिमा श्रेष्ठ’ मार्फत सार्वजनिक भएको हो।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?