Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

५ प्रदेशका ७१ वटा अस्पताल सामाजिक सुरक्षा कोषमा आबद्ध


काठमाडौं। सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशका ७१ वटा अस्पतालसँग सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी ती अस्पतालसँग अनलाइन सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा लिँदा लाभग्राहीले लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ भने दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतको स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी गर्नुपर्ने छैन ।

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १५, मधेसका १२, बागमतीका २८, गण्डकीका ८ र लुम्बिनीका ८ गरी ७१ वटा अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सक्नेछन् । २०७९ फागुन १ यता देशका विभिन्न स्थानमा अनलाइन ९लाइभ० सम्झौता भएका छन् । जसमध्ये हालसम्म ७१ अस्पतालबाट औषधोपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका स्थानहरूमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ ।

त्यस्तै, आगामी दिनमा अस्पतालको आबद्धतालाई सङ्ख्यात्मक र गुणात्मक रूपमा बढाउँदै लैजाने कोषले जनाएको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?