Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण


डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गरेका छन् । प्रस्तावित पुइलेक विमानस्थल अजयमेरु गाउँपालिका–१ पुइलेक डाँडाको आज निरीक्षण गरेका हुन् ।

सभापति देउवाले निरीक्षणपछि हवाई मैदानको सम्भाव्यता अध्ययन गरेर विमानस्थल निर्माण गरिने बताए । विसं २०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि बयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताइएको छ । त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो ।

डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेल्लधुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत पाउने छन् ।


प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?