Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

समाचार


बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार उपलब्ध गराउने

त्रिशूली,नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु पाँच हजार बैंक दाखिला गराउन थालिएको हो ।

मन्थली नगरपालिका र रामेछाप-काठमाडौं सिर्जनशील समाजले सुरु गरे ‘डोको डस्टविन’ अभियान

मन्थली,रामेछाप। जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप-काठमाडौं सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन् । उक्त जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो । त्यसैगरी, रामेछाप–काठमाडौं सिर्जनशील समाजले मन्थलीको वाणिज्य बैंक चोकबाट रेडक्रस

अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’

काठमाडौं। वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन। बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयता समस्या आएको थियो। उक्त सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना

डडेल्धुराका प्रहरी हवल्दार बुटवलमा मृत फेला

काठमाडौं। नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बिहीबार बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्। मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातकाडा डडेल्धुरामा कार्यरत रहेको प्रहरीले बताएको छ । उनको शव शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताएका छन् । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको

सुनको मूल्य फेरी बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । आज सुन तोलामा १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौं। नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको बलियो लक्ष्य दिएको छ । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो । नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन

सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन: अर्थमन्त्री डा. महत

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उनले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पारेका हुन्। मन्त्री डा. महतले यसले जनतामा द्विविधा उत्पन्न हुने

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना

गलकोट,बागलुङ। विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए तीन वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन । बागलुङ नगरपालिका–८ सिगाना लामाचौरको दलित बस्तीका दुई सय परिवारमा खानेपानीको चरम समस्या भएको २०

गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन

लमजुङ। लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन् । एकै ठाउँमा सँगै भएर बस्न रुचाउने गुरुङ समुदायबीच एकता पनि रहेको छ । पहिले रोदी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, बाबा समूह,

सहकारी संस्थाको नियमन गर्दै नेपालगञ्ज उपमहानगरपालिका

राँझा,बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए । “अनुगमनका क्रममा नेपालगञ्जको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ”, शाखा

सम्वन्धित समाचारहरु