Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

मन्थली नगरपालिका र रामेछाप-काठमाडौं सिर्जनशील समाजले सुरु गरे ‘डोको डस्टविन’ अभियान


मन्थली,रामेछाप। जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप-काठमाडौं सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन् । उक्त जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो ।

त्यसैगरी, रामेछाप–काठमाडौं सिर्जनशील समाजले मन्थलीको वाणिज्य बैंक चोकबाट रेडक्रस लाइन हुँदै कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, जिल्ला हुलाक, टेलिकम, पशुसेवा केन्द्र, घरेलु उद्योग हुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्रसहित कृषि विकास बैंकको चोकसम्मको चक्रपथ सडकमा करिब ४३ डोको राखिएको समाजका अध्यक्ष विपिन भट्टराईले बताएका छन् ।

उक्त नगरपालिकाले बजार क्षेत्र हुँदै मन्थली अस्पताल चोकबाट देवकोटा–बिपी–मदन आश्रित चोकसम्म करिब दुई सय डोको डस्टविन राखेको नगरप्रमुख लव श्रेष्ठले जानकारी दिए । बजारको सरसफाइलाई मध्यनजर गर्दै पहिलो चरणमा वडाध्यक्षसँगको समन्वयमा बजार क्षेत्रका वडाबाट अभियान थालिएको भन्दै अन्य वडामा पनि क्रमशः अभियान विस्तार गर्दै लैजाने उनले बताएका छन् ।

त्यस्तै, स्थानीयस्तरमा उत्पादन भएका डोको वातावरण मैत्री हुने तथा उत्पादित सामान पनि बिक्री हुने भएकाले यसलाई छनोट गरिएको समाजका अध्यक्ष भट्टराईले बताए । सो संस्थाबाट डोकोबापत सङ्कलन भएको रकमले स्थानीयको आर्थिक अवस्थामा टेवा पुग्ने उनको भनाइ रहेको थियो ।

सो अभियान सञ्चालनपश्चात् सरकारी कार्यालयमा आउने सेवाग्राही र बजारमा आउने नागरिकले प्रयोग गरेको पानीका बोतल, अन्य फोहरजन्य वस्तु डस्टविनमा सङ्कलन गरी भोलिपल्ट बिहान नगरपालिकाले उक्त फोहर व्यवस्थापन गर्ने गरेको भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार मन्थली बजारमा अधिकांश ठाउँमा स्टयान्ड बनाएर डोको डस्टविन राखिएको छ ।

उक्त डोको डस्टविनले स्थानीय उत्पादनलाई बजारीकरणमा सहजीकरण हुनु र बजार क्षेत्रमा जथाभाबी फोहर तथा प्लाष्टिक फाल्ने, सडकमा वा पसल अगाडि फोहर थुपार्नेलगायत क्रियाकलापबाट बजारको सौन्दर्यलाई बचाई राख्नुका साथै व्यापारव्यवसाय थप चलायमान हुने अपेक्षा लिइएको स्थानीय व्यवसायी रामहरी उप्रेतीले बताए । उनले यसअघि डोको नराख्दा जथाभाबी फोहर थुपार्ने गरिएकामा अभियानपछि बजार सुन्दर र सफा देखिएको बताएका छन् ।

यस्तो अभियान यसअघि अन्य जिल्लामा भएका भन्दै अहिले मन्थली सदरमुकाममा सुरु भएपछि आफू उत्साहित भएको स्थानीय टङ्क श्रेष्ठले बताए। सदरमुकाममा मात्र नभई जिल्लाका सबै पालिकाले यस किसिमका अभियान थाल्नुपर्ने उनको भनाइ रहेको थियो ।

उक्त जिल्ला समन्वय समिति रामेछापले तय गरेको ‘सभ्य, समृद्ध र सक्षम रामेछाप’को नारालाई पूरा गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीय बताउँछन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?