काठमाडौं। प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने भएका छन् । कर्णाली प्रदेशमा कार्यरत प्रहरीले मोबाइल चलाउन नपाउने भएका हुन् । प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ । यो नियम टिम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ । त्यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयका
काठमाडौं। अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ मिलिग्रामसहित २ जना परेका छन् । विराटनगर-१६ हुलास चोकबाट सोही ठाउँ बस्ने २४ वर्षीय अङ्कित घिमिरे समेत बुधबार साँझ प्रहरीले २ जनालाई पक्राउ गरेको हो । त्यस्तै, सिरहा लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम
बैतडी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुगेका अध्यक्ष ओलीलगायतका नेताले आज बिहान बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघरमा अवलोकन गरेका हुन् । त्यस्तै, ओली लगायतका नेताहरुले घरको बाहिर रहेको चन्दको सालिकमा माल्यार्पण गरी
काठमाडौं। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी राखेर आन्दोलनमा होमिने एक भद्र र जुझारु व्यक्तित्वका रूपमा राष्ट्रिय राजनीतिमा आफ्नो परिचय बनाएका छन् । गत निर्वाचनमा सिन्धुलीबाट प्रदेशसभा सदस्य निर्वाचित उनी बागमती प्रदेशको मन्त्रीका हैसियतले समग्र शान्ति सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारीमा रहेका
काठमाडौं। जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो । उक्त प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ । टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । उक्त प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । त्यस्तै, आज कालीमाटी
काठमाडौं। अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा कनेक्टिकटस्थित आफ्नै घरमा बुधबार बिहान निधन भएको छ । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए । उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए भने चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट
जाजरकोट। जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका-१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन् । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए ।
काठमाडौं। सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनले गत कात्तिकसम्म सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको देखाएको हो । गत असारसम्म यस्तो ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ थियो भने यसरी हेर्दा चालु आर्थिक वर्षको
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि चार वर्ष प्रतीक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिने विकल्प अघि सारेका छन् । सोमबारदेखि सुरु भएर बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै लामिछानेले चार वर्ष पर्खँदा मुलुक झन् उँधो गतिमा जाने उल्लेख गरेका छन् । ‘एकातिर मुलुक झन् झन्