Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अबदेखि ड्युटीमा मोबाइल चलाउन नपाइने


काठमाडौं। प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने भएका छन् । कर्णाली प्रदेशमा कार्यरत प्रहरीले मोबाइल चलाउन नपाउने भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ । यो नियम टिम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ । त्यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मोबाइल प्रयोग नगर्दा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरुपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारीको मोबाइल बचत हुने भएकाले यस्तो निर्णय गरिएको हो । ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई जरुरी परे कमाण्डरको फोन प्रयोग गर्न सक्नेछन् ।

यस्तो कार्यले नागरिकको विश्वास प्रहरीप्रति बढ्ने पनि बताए । उनले ड्युटीको समयमा मोबाइल नचलाउन सबै जिल्लाहरू, गण, तालिम केन्द्र, इलाका प्रहरी चौकीमा परिपत्र गरिनुका साथै प्रभावकारी ब्रिफिङ गर्नुका साथै अनुगमनको व्यवस्था मिलाइएको जनाइएको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?