Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

अबदेखि ड्युटीमा मोबाइल चलाउन नपाइने


काठमाडौं। प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने भएका छन् । कर्णाली प्रदेशमा कार्यरत प्रहरीले मोबाइल चलाउन नपाउने भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ । यो नियम टिम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ । त्यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मोबाइल प्रयोग नगर्दा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरुपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारीको मोबाइल बचत हुने भएकाले यस्तो निर्णय गरिएको हो । ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई जरुरी परे कमाण्डरको फोन प्रयोग गर्न सक्नेछन् ।

यस्तो कार्यले नागरिकको विश्वास प्रहरीप्रति बढ्ने पनि बताए । उनले ड्युटीको समयमा मोबाइल नचलाउन सबै जिल्लाहरू, गण, तालिम केन्द्र, इलाका प्रहरी चौकीमा परिपत्र गरिनुका साथै प्रभावकारी ब्रिफिङ गर्नुका साथै अनुगमनको व्यवस्था मिलाइएको जनाइएको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?