Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

एमाले अध्यक्षद्वारा सहिद दशरथचन्दको जन्मघरको अवलोकन


बैतडी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुगेका अध्यक्ष ओलीलगायतका नेताले आज बिहान बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघरमा अवलोकन गरेका हुन् ।

त्यस्तै, ओली लगायतका नेताहरुले घरको बाहिर रहेको चन्दको सालिकमा माल्यार्पण गरी उनीप्रति सम्मान व्यक्त गरिएको दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । उनका अनुसार नेताहरुले घरमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।

विगत लामो समयदेखि प्रतिष्ठानलाई राष्ट्रिय स्तरको घोषणा गर्न पहल भए पनि सरकारी निकायबाट बेवास्ता गरेकाले एकाले अध्यक्ष ओलीलाई राष्ट्रिय प्रतिष्ठान घोषणाका लागि पहल गर्न ज्ञापनपत्र बुझाइएको अध्यक्ष चन्दले बताए । त्यस्तै, झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो भने यसअघि अध्यक्ष ओलीले आजै यहाँको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरेका थिए ।

त्यसैगरी सङ्कल्पयात्रा शुभारम्भपछि ओलीले आजै गोठलापानीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नेछन् । आज साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको एमालेले जनाएको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?