जुम्ला। हिमाली जिल्ला जुम्लामा वर्षा र हिमपात नहुँदा हिउँदेबाली लगाउन अझै पाइएको छैन । हिउँदयाममा पानी नपरेकाले हिउँदे बालीअन्तर्गत गहुँ र जौकोखेती लगाउन नपाइएकोे तिला गाउँपालिका–१ किसान जयबहादुर बुढाले जानकारी दिए । त्यस्तै, आकाशे पानीकाभरमा रहेका रारावासी समयमा वर्षा नहुँदा हिउँदेखेती गर्न नपाइएला भन्ने चिन्ताले सताएको सोही ठाउँ निवासी सपुरा
तनहुँ। व्यास नगरपालिका–१२ कमलबारीस्थत सिद्धेश्वरी माध्यामिक विद्यालयले आफ्नो प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण सुरु गरेको छ । दीपावलीका बोला विद्यालय परिवारबाट देउसी, भैलो खेलेर सङ्कलन गरिएको रकमले विद्यालय प्राङ्गणमा मन्दिर बनाउन थालिएको हो । देउसी, भैलोबाट रु दुई लाख तीन हजार सात सय ४३ सङ्कलन भएको विद्यालयका संयोजक ज्ञानेन्द्र जिसीले जानकारी
काठमाडौं। राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदै छ । उक्त उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
रुकुम। यस वर्ष रुकुम पश्चिम खाद्य सुरक्षित जिल्ला नरहने भएको छ । गत कात्तिक १७ गते रामिडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्प र भदौ १७ गते चलेको हावाहुरीका कारण खाद्य क्षेत्रमा ठूलो क्षति भएपछि यस वर्ष जिल्लामा खाद्य सङ्कट हुने देखिएको हो । गत भदौ १७ गते चलेको हावाहुरीका कारण
काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले योजना बनाउँदा जनतालाई केन्द्रमा राख्नुपर्नेमा राजनीतिक स्वार्थ पूरा गर्ने गरी बनाएको आरोप लगाएका छन् । आज सिंहदरवारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले योजना स्वार्थ समूहलाई र केन्द्रमा राखेर राजनीतिक स्वार्थहरू पुरा गर्ने गरी बनेको भन्दै ठुला सपना बाँढेर जनतालाई भ्रममा पार्ने छुट
लमजुङ। गण्डकी प्रदेशअन्तर्गत यस पहाडी जिल्लामा आधादर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । उक्त कार्यालय प्रमुख नहुँदा विगत लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र जिल्ला
जाजरकोट। बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो । केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए । उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि
झापा। नेपाली जुत्ताचप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’मा दश दिनमा रु ८५ लाखको कारोबार भएको छ । यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । उक्त महोत्सवको दश दिनमा ६० हजारले मेला अवलोकन गरेका नेपाली जुत्ताचप्पल
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८
धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिएका छन् । उनका अनुसार अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र