Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

देउसी, भैलो खेलेर सरस्वती मन्दिर निर्माण


तनहुँ। व्यास नगरपालिका–१२ कमलबारीस्थत सिद्धेश्वरी माध्यामिक विद्यालयले आफ्नो प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण सुरु गरेको छ ।

दीपावलीका बोला विद्यालय परिवारबाट देउसी, भैलो खेलेर सङ्कलन गरिएको रकमले विद्यालय प्राङ्गणमा मन्दिर बनाउन थालिएको हो । देउसी, भैलोबाट रु दुई लाख तीन हजार सात सय ४३ सङ्कलन भएको विद्यालयका संयोजक ज्ञानेन्द्र जिसीले जानकारी दिए ।

उक्त विद्यालय परिसरमा सरस्वतीको मन्दिर नहुँदा सरस्वती पूजाका समयमा समस्या हुने गरेकाले मन्दिर बनाउन विद्यालय परिवार कम्मर कसेर लागेको उनको भनाइ रहेको थियो ।

त्यसैगरी जिल्लाको भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले देउसी, भैलोबाट उठेको रकमले विद्यालयमा ट्रष्ट निर्माण गर्न लागेको छ ।
देउसी, भैलोबाट रु चार लाखभन्दा बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार विकले जानकारी दिए ।

उक्त विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको देउसी, भैलोमा सक्रिय सहभागिताले भौतिक संरचना निर्माणमा थप ऊर्जा मिलेको उनले बताउएका छन् ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?