Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

देउसी, भैलो खेलेर सरस्वती मन्दिर निर्माण


तनहुँ। व्यास नगरपालिका–१२ कमलबारीस्थत सिद्धेश्वरी माध्यामिक विद्यालयले आफ्नो प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण सुरु गरेको छ ।

दीपावलीका बोला विद्यालय परिवारबाट देउसी, भैलो खेलेर सङ्कलन गरिएको रकमले विद्यालय प्राङ्गणमा मन्दिर बनाउन थालिएको हो । देउसी, भैलोबाट रु दुई लाख तीन हजार सात सय ४३ सङ्कलन भएको विद्यालयका संयोजक ज्ञानेन्द्र जिसीले जानकारी दिए ।

उक्त विद्यालय परिसरमा सरस्वतीको मन्दिर नहुँदा सरस्वती पूजाका समयमा समस्या हुने गरेकाले मन्दिर बनाउन विद्यालय परिवार कम्मर कसेर लागेको उनको भनाइ रहेको थियो ।

त्यसैगरी जिल्लाको भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले देउसी, भैलोबाट उठेको रकमले विद्यालयमा ट्रष्ट निर्माण गर्न लागेको छ ।
देउसी, भैलोबाट रु चार लाखभन्दा बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार विकले जानकारी दिए ।

उक्त विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको देउसी, भैलोमा सक्रिय सहभागिताले भौतिक संरचना निर्माणमा थप ऊर्जा मिलेको उनले बताउएका छन् ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?