Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

महोत्सवमा ८५ लाखको जुत्ताचप्पल बिक्री


झापा। नेपाली जुत्ताचप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’मा दश दिनमा रु ८५ लाखको कारोबार भएको छ ।

यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । उक्त महोत्सवको दश दिनमा ६० हजारले मेला अवलोकन गरेका नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष होम उपाध्यायले बताए । त्यस्तै, एक महिनामा एक लाख ५० हजार दर्शकलाई अवलोकन गराउने भन्दै रु तीन करोडको जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

त्यस्तै, बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिका सञ्चालक उमेश राउतले महोत्सवमा आठ कम्पनीका १५ ब्रान्डका तीन हजार डिजाइनका जुत्ताचप्पल बिक्रीका लागि राखिएको बताएका छन् ।

पछिल्लो समय स्वदेशमा उत्पादित गुणस्तरीय जुत्ताचप्पलले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको जनाउँदै नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष उपाध्यायले सामूहिक ब्रान्डिङ र शोरुमको अभ्यास थालिएको बताए । उनका अनुसार महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।

हाम्रो जुत्ता घर नामक फेसबुक पेज लाइक गर्नेहरुलाई सामान खरिदमा दुई प्रतिशत ‘क्यास ब्याक’ अफर दिइएको आयोजकले जनाएको छ । व्यापारी टीका उप्रेतीले महोत्सवमा उत्साहजनक व्यापार भइरहेको बताए ।

 


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?