Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

वर्षा र हिमपात नहुँदा जुम्लाका किसानले हिउँदेबाली लगाउन सकेन


जुम्ला। हिमाली जिल्ला जुम्लामा वर्षा र हिमपात नहुँदा हिउँदेबाली लगाउन अझै पाइएको छैन । हिउँदयाममा पानी नपरेकाले हिउँदे बालीअन्तर्गत गहुँ र जौकोखेती लगाउन नपाइएकोे तिला गाउँपालिका–१ किसान जयबहादुर बुढाले जानकारी दिए ।

त्यस्तै, आकाशे पानीकाभरमा रहेका रारावासी समयमा वर्षा नहुँदा हिउँदेखेती गर्न नपाइएला भन्ने चिन्ताले सताएको सोही ठाउँ निवासी सपुरा रावतको गुनासो थियो भने सिँचाइ सुविधा नहुँदा राराका करिब दुई सय ८० घरले हिउँदेबाली लगाउन नपाएको वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए । गाउँमा रोजगारीको सम्भावना नहुँदा घरखर्च चलाउनका लागि भारत जानेको रारा गाउँका सङ्ख्या धैरे रहेको उनको भनाइ छ ।

हिउँदयाम लागे पनि वर्षा र हिमपात हुन सकेको छैन । जिल्लाका कतिपय ठाउँमा पानी नपर्दा किसानले हिउँदेबाली लगाउन नसकेको कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए । हिउँदमा यहाँका उच्च ठाउँमा लगाइएका खेतीमा वर्षा नहुँदा बाली सुक्न थालेको सम्बद्ध किसानले बताए ।

जुम्लामा सबैभन्दा चिसो माइनस छ दशमलव छ डिग्री सेल्सियस तापक्रम रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ । त्यस्तै, गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदेबालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान सुनिता पाण्डेले जानकारी दिइन् ।

हिउँदेबाली लगाउने समयदेखि खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ भने लामो समयसम्म परेको खडेरीले जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी हुने सिञ्जा गाउँपालिमा रहेको कृषि शाखाले जनाएको छ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?