Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

रुकुम पश्चिम खाद्य सुरक्षित जिल्ला नरहने


रुकुम। यस वर्ष रुकुम पश्चिम खाद्य सुरक्षित जिल्ला नरहने भएको छ । गत कात्तिक १७ गते रामिडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्प र भदौ १७ गते चलेको हावाहुरीका कारण खाद्य क्षेत्रमा ठूलो क्षति भएपछि यस वर्ष जिल्लामा खाद्य सङ्कट हुने देखिएको हो ।

गत भदौ १७ गते चलेको हावाहुरीका कारण जिल्ला भर चार हजार मेट्रिक टन मकै नष्ट भएको थियो । त्यस्तै भूकम्पका कारण घर भत्किँदा घरमा भण्डारण गरेर राखिएको करिब ५५ मेट्रिन टन खाद्यान्न पुरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

त्यस्तै, विपत्ले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिका कारण जिल्लामा यस वर्ष चार हजार मेट्रिक टन खाद्य अपुग हुने देखिएको कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए । “केही मकै भदौमा हावाहुरीका कारण क्षति भएको छ । केही भूकम्पका कारण घर भत्किँदा पुरिएर क्षति भएको छ । अहिले फेरि भूकम्प प्रभावित क्षेत्रका नागरिक कृषितर्फ भन्दा पनि अस्थायी आवास निर्माणतर्फ लागेकाले यस वर्ष खाद्य सङ्कट हुने देखिएको हो”, उनले भने ।

विगतका वर्षमा जिल्लामा उत्पादन भएको कृषि उपज खाएर पनि दुई हजार पाँच सय मेट्रिक टन बचत हुने गरेको केसीले जानकारी दिए । “यसअघिका वर्षमा यहाँ उत्पादित कृषि उपज जिल्लामै खपत भएर पनि निर्यात हुने गरेको थियो । यस वर्ष भने चार हजार मेट्रिक टन खाद्य अपुग हुने देखिएको छ”, उनले भने ।

त्यसगरी, भूकम्पकै कारण जिल्लामा कृषि क्षेत्रमा रु. ६५ लाखको क्षति भएको प्रमुख केसीले जानकारी दिए । उनका अनुसार भूकम्पका कारण मकै, दलहन बाली र मौरीका घारमा क्षति गरेको हो ।

राहतस्वरुप दिइएको चामल पनि सकिँदै गएको र घरमा कुटानीपिसानीका लागि अन्न नभएकाले भोक हुने चिन्ता भूकम्पपीडितलाई छ । “राहतस्वरुप दिएको चामल र अन्य खाद्य सामान सकिन लागेको छ । घरमा रहेको सबै अन्न घरसँगै पुरियो । भूकम्प नगएको भए पनि हामी रोजगारीको लागि भारत जान्थ्र्यौँ यति बेला अस्थायी टहरा निर्माण गर्नुपर्दा भारत पनि जान पाएका छैनौँ । केही पैसा कमाउन पाएको भए अन्न किनेर खान हुन्थ्यो”, भूकम्पपीडित भरे नेपालीले भने ।

कृषि विकास कार्यालयले भूकम्पका कारण जिल्लामा भएको क्षतिबाट खाद्य सङ्कटको अवस्था आउन नदिनका लागि प्रदेश सरकारलाई आग्रह गरिएको बताउँदै आएको छ ।

जिल्लामा कृषिमा भएको क्षतिको विवरण प्रदेश सरकार समक्ष बुझाइएको कृषि विकास कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?