कञ्चनपुर। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन् । कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुगेका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताएका छन् ।’साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको
त्रिवेणी ,नवलपरासी। प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७९ साउनमा पुल निर्माण सम्पन्न भए पनि १८ महिना बितिसक्दासमेत
काठमाडौं। संसदीय अभ्यास सबै देशमा आ-आफ्ना किसिमका हुन्छन् । देश सञ्चालनको जिम्मेवारी बोकेको सरकारको गतिमा यसको अभ्यास निर्भर रहन्छ । देश सङ्घीयतामा प्रवेश गरेपछि संविधानको मर्म र भावनाअनुरूप विभिन्न कानुन बनाएर लागू गर्ने विषयमा केही ढिलाइ भएको छ । संसदीय गतिविधि त्यति प्रभावकारी हुन सकेको छैन । प्रतिपक्षको हैसियतमा विधेयक
महेन्द्रनगर। धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एक महिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ । धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका स्थानीय नित्यानद
काठमाडौं। काठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन् । मंगलबार २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा रहेको जानकारी दिएका छन् । सरकारले अहिलेसम्म ती संरचनाको पुन निर्माणको प्रक्रिया
काठमाडौं। इराकको एर्बिलमा रहेको अमेरिकी महावाणिज्य दूतावास नजिक मंगलबार एकपछि अर्को गरी दर्जनौँ विस्फोटन भएका छन् । एबीसी न्यूजले अमेरिकी वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी इरानको रिभोलुसनरी गार्डले लिएको जनाएको छ । रिभोलुसनरी गार्ड्सले जासूस मुख्यालय र इरानी विरोधी आतङ्कवादी गतिविधि गर्ने क्षेत्रका केही भागलाई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको बताएको
काठमाडौं। मंगलबार बिहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् । प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो
काठमाडौं। सहरी विकासमन्त्री सीता गुरुङले भूकम्पबाट बच्न भूकम्पीय जोखिमलाई थेग्न सक्ने संरचना बनाउनुको विकल्प नभएको बताएकी छन् । मंगलबार २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरुङले गाउँ–गाउँमा समेत स्थानीय श्रोत र प्रविधिको प्रयोग गरेर भूकम्पीय जोखिम न्यूनीकरण गर्ने गरी संरचनाहरू बनाउन सकिने बताइन् । ‘सरकारले
काठमाडौं। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार विहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि मेस्सीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे ।
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा निस्शुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो । उक्त मन्दिरका महन्थ जगतगुरु हिमालय बाबाले सरकारी निकाय र समुदायको सहयोग जुटाएर भवन निर्माण