Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भूकम्पबाट बच्न भूकम्प थेग्ने संरचना बनाउनुको विकल्प छैनः मन्त्री गुरुङ


काठमाडौं। सहरी विकासमन्त्री सीता गुरुङले भूकम्पबाट बच्न भूकम्पीय जोखिमलाई थेग्न सक्ने संरचना बनाउनुको विकल्प नभएको बताएकी छन् ।

मंगलबार २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरुङले गाउँ–गाउँमा समेत स्थानीय श्रोत र प्रविधिको प्रयोग गरेर भूकम्पीय जोखिम न्यूनीकरण गर्ने गरी संरचनाहरू बनाउन सकिने बताइन् ।

‘सरकारले राष्ट्रिय भवन संहिता र मापदण्ड जारी गरेको छ । अहिलेसम्म त्यसको कार्यान्वयनमा स्थानीय तहले धेरै चासो दिएको अवस्था छैन,’ मन्त्री गुरुङले भनिन्, ‘यदि स्थानीय तहले त्यसको पूर्ण कार्यान्वयन गर्ने हो र स्थानीय श्रोत साधन तथा प्रविधिको उच्च उपयोग गर्ने हो भने भूकम्पीय जोखिमलाई कम गर्न सकिन्छ । हाम्रो पूर्वाधार हाम्रै ज्यानको असुरक्षाको आधार बन्न पाउँदैनन् ।’

सरकारले भवन निर्माण संहिता र मापदण्ड जारी गरेर लागू गरेको भन्दै मन्त्री गुरुङले त्यसको कार्यान्वयनमा समेत सबैले जोड दिनुपर्ने बताएकी छन् ।
भूकम्प जुनसुकै बेला पनि आउन सक्ने भएकाले सबै खालको पूर्वतयारी रहेको उनको भनाइ रहेको थियो ।

‘भूकम्पबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैले सतर्कता अपनाउन आवश्यक छ,’ उनले भनिन्, ‘राष्ट्रिय भवन संहिता र मापदण्डको अनिवार्य पालना गर्ने र स्थानीय स्रोतसाधनको उपयोग गर्ने हो भने भूकम्प थेग्ने संरचना खडा गर्न सकिन्छ ।’


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?