Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

भूकम्पबाट बच्न भूकम्प थेग्ने संरचना बनाउनुको विकल्प छैनः मन्त्री गुरुङ


काठमाडौं। सहरी विकासमन्त्री सीता गुरुङले भूकम्पबाट बच्न भूकम्पीय जोखिमलाई थेग्न सक्ने संरचना बनाउनुको विकल्प नभएको बताएकी छन् ।

मंगलबार २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरुङले गाउँ–गाउँमा समेत स्थानीय श्रोत र प्रविधिको प्रयोग गरेर भूकम्पीय जोखिम न्यूनीकरण गर्ने गरी संरचनाहरू बनाउन सकिने बताइन् ।

‘सरकारले राष्ट्रिय भवन संहिता र मापदण्ड जारी गरेको छ । अहिलेसम्म त्यसको कार्यान्वयनमा स्थानीय तहले धेरै चासो दिएको अवस्था छैन,’ मन्त्री गुरुङले भनिन्, ‘यदि स्थानीय तहले त्यसको पूर्ण कार्यान्वयन गर्ने हो र स्थानीय श्रोत साधन तथा प्रविधिको उच्च उपयोग गर्ने हो भने भूकम्पीय जोखिमलाई कम गर्न सकिन्छ । हाम्रो पूर्वाधार हाम्रै ज्यानको असुरक्षाको आधार बन्न पाउँदैनन् ।’

सरकारले भवन निर्माण संहिता र मापदण्ड जारी गरेर लागू गरेको भन्दै मन्त्री गुरुङले त्यसको कार्यान्वयनमा समेत सबैले जोड दिनुपर्ने बताएकी छन् ।
भूकम्प जुनसुकै बेला पनि आउन सक्ने भएकाले सबै खालको पूर्वतयारी रहेको उनको भनाइ रहेको थियो ।

‘भूकम्पबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैले सतर्कता अपनाउन आवश्यक छ,’ उनले भनिन्, ‘राष्ट्रिय भवन संहिता र मापदण्डको अनिवार्य पालना गर्ने र स्थानीय स्रोतसाधनको उपयोग गर्ने हो भने भूकम्प थेग्ने संरचना खडा गर्न सकिन्छ ।’


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?